गृहपृष्ठ तत्काल मन्त्रीमण्डल पुनर्गठन हुँदैन : अध्यक्ष प्रचण्ड

तत्काल मन्त्रीमण्डल पुनर्गठन हुँदैन : अध्यक्ष प्रचण्ड

manakamana-ad-Singlepage Below Next & Previous

मोरङ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रीमण्डल पुनर्गठन नहुने बताउनुभएको छ । नेकपाले विराटनगरमा गरेको चियापान कार्यक्रममा उहाँले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने तर सरकारको कामको गति भने बढ्ने बताउनुभयो ।

अहिले पार्टी र सरकार लोकप्रियता खोज्ने खालका काम भन्दा पनि सम्बृद्धिका पूर्वाधार तयार पार्ने खालका काममा लागेको उहाँको दावी छ । सरकारले अहिलेसम्म केही गरेन भन्ने जस्तो देखिए पनि अबको केही समयमै सरकारको कामको गति बढाउने उहाँले दोहोर्याउनुभयो ।

अध्यक्ष प्रचण्डले भविष्यमा आउन सक्ने समस्यालाई पनि समाधान गर्ने गरी पार्टी एकताको काम अघि बढिरहेको पनि बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer