गृहपृष्ठ एसिया प्यासिफिक सम्मेलन धर्म प्रचारकै लागी भएको पुष्टि (प्रमाण सहित)

एसिया प्यासिफिक सम्मेलन धर्म प्रचारकै लागी भएको पुष्टि (प्रमाण सहित)

manakamana-ad-Singlepage Below Next & Previous

युनिभर्सल पिस फेडेरेसन यूपियस ले आयोजना गरेमको एसिया प्यासिफीक सम्मेलन अन्तत धर्म प्रचारकै लागी भएको पुष्टि भएको छ । सुरु देखिनै अत्यन्त विवादमा आएको उक्त सम्मेलन लाई धर्म प्रचारको लागी गरिएको भनेर व्यापक विरोध भएको तर आयोजक र सरकार स्वयमले त्यसको खण्डन गर्दै आइरहेको थियो ।आफूलाई ‘सच्चा माता’ भन्ने कोरियन धर्मगुरु हाक जा हान मुनले एसिया प्यासिफिक सम्मेलनको उद्घाटन सत्रमा कोरियाली भाषामा सम्वोधन गर्दै आफुलाई जिसस क्राइस्टकी एक्ली छोरी’ भनेर स्वघोषणा गरेको भेटिएको छ, त्यो पनि पटक–पटक । सम्वोधनको क्रममा उनले उनले क्रिस्चियानिटीको बखान गरेकी थिइन् । जिसस क्राइस्टले पूरा गर्न नसकेको जिम्मेवारी आफ्नो काँधमा रहेको उनले बताइन्

मुनले कोरियाली भाषामा सम्बोधन गरिन् । कार्यक्रममा उपस्थित विदेशी अतिथिहरुलाई भने सम्वोधनको अंग्रेजी रुपान्तरण उपलब्ध गराइएको पाइएको छ । सम्वोधनको नेपाली उल्था गराउँदा उनले आफूलाई ‘जिसस क्राइस्टकी एक्ली छोरी’ भनेर स्वघोषणा गरेको भेटिएको छ, त्यो पनि पटक–पटक ।

आयोजक यूनिभर्सल पीस फेडरेसन नेपालले कार्यक्रम धार्मिक नभएको दाबी गरेको भए पनि उनको भाषण धार्मिक थियो । उनले क्रिस्चियानिटीको बखान गरेकी थिइन् । जिसस क्राइस्टले पूरा गर्न नसकेको जिम्मेवारी आफ्नो काँधमा रहेको उनले बताइन् । उनको सम्वोधनका केही बुँदाहरु यस्ता थिए स्

– आज यो ब्रह्माण्डमा २०० देश भएता पनि तिनीहरु मालिक होइनन् । यसको मालिक भगवान हुनुहुन्छ । उहाँको बारेमा थाहा पाउनैपर्छ ।

– भगवानले जिससको छोरी सृष्टि गर्नुभयो । यसरी सृष्टि गर्नु भएको छोरी भएकाले भगवानको आशिर्वाद पाउने ठाउँ बनाउनु मेरो जिम्मेवारी हो । तर मान्छेले त्यो आशिर्वाद लिने समयमा लोभ प्रकट भयो । अनि भगवानसँग असम्बन्धित क्रियाकलापहरु सुरु भयो ।

– भगवान भनेको सृष्टि हो । सुरुवात र अन्त्य हो । त्यसैले लामो समयसम्म यो रक्षा गर्नका लागि मानवताको सृष्टि गर्नुभयो । धेरै आशा गर्नुभयो । ईश्वरले जिम्मेवारी दिनुभएको यस जगतको एक जनाले यसको रक्षा गर्नै पर्दछ । त्यही जिम्मेवारीको लागि जिसस क्राइष्टलाई ईश्वरको प्रतिनिधि भएर यस संसारमा पठाउनु भयो ।

– तर त्यस्तो जिम्मेवारी दिनु भएको मेरीले जिससको समस्या थाहा पाउनु भएन । उहाँलाई पूर्ण रुपमा सहयोग गर्न सक्नु भएन । जिससको त्यो स्थान कसैले बुझ्नै सकेन । अनि क्रसमा झुण्डिएर बित्नु भएपछि त्यो जिम्मेवारी पुरा गर्न २० औं शताब्दीमा सन् म्योङ मुनको रुपमा फेरि आउनुभयो ।

यो पनि पढ्नुहोस
विवादै विवादमा मुछिएको यूपीएफ, जसका कारण सरकारले बदनामी कमायो
– जिससले पुरा गर्न नसक्नु भएको जिम्मेवारी पुरा गर्न हामी सच्चा मातापिताको रुपमा यहाँ आएका छौं । त्यसैले त्यस्तो जिम्मेवारी पुरा गर्न आएको ‘इजरायल क्षेत्र’को जिम्मेवारी कसरी पुरा गर्ने भन्ने कुरा म जिससकी छोरीलाई राम्ररी थाहा छ । जिससलाई मातापिता भएर पुरा गर्नुहोस भनेर जुन जिम्मेवारी भएको थियो, त्यो पुरा गर्न म जिससकी छोरी आएकी हुँ ।

– अनि ईश्वर एशियातिर प्रवेश गर्नुभयो र सच्चा मातापितालाई जिम्मेवारी दिनुभयो । किनभने यसलाई नयाँ रुपमा बुझ्ने ईश्वरको प्रतिनिधि भएमा मात्र ईश्वरको त्यो इतिहास र दायित्वलाई पुरा गर्न सकिन्छ भन्ने कारणले गर्दा हो ।

– १९४३ मा जिससको छोरी मेरो जन्म भयो र ईश्वरले सम्पूर्ण जिम्मेवारी मलाई दिनुभयो । कोरिया जापानबाट १९४५ मा छट्टिसकेको थियो । अनि कोरीया दुई ध्रुवमा विभाजित भयो । एकातिर डेमोक्रेसी र कम्यूनिजममा विभाजित भए ।

– १९५० मा नामै नसुनिएको अति गरीव राष्ट्र कोरिया आज सम्पन्न भएको छ । यूएनको १६औं राष्ट्रको सुचिमा छ । विश्वको प्रजातन्त्रको हिमायती बनेको छ । यी कुरालाई ईश्वरको आर्शिवादसँग जोड्न सकिन्छ । ईश्वरले जिससको छोरीमार्फत नै यो सम्भव बनाएको कुरा बताउन चाहन्छु ।

– सन् १९६० मा म ईश्वरको छोरी, जिससको छोरीको रुपमा यहाँ आएँ । क्रिष्चियनहरुले २००० वर्षको अवधिमा धेरै गल्ती गरे । ईश्वरको ईच्छा र आकांक्षा पुरा गरेनन् । फलस्वरुप यो समाधानको लागि सन म्योङ मुनमार्फत वास्तविक क्रिष्चियन संस्कृती पनि विश्वभरी फैलिदै गयो ।

– ईश्वरको उद्देश्य सँधै आफ्नो चाहनाको निरन्तरता हो । भौतिक रुपमा विकसित र स्वतन्त्र युरोपले पनि यो कुरा बिर्सियो, फलस्वरुप यूरोपमा पनि कम्यूनिज्म बढ्न थाल्यो र सत्यता बिर्सदै गयो । त्यो बिर्सने कोहि नभएर क्रिष्चियनीटी हो ।

–यो कुरा पनि सत्य हो कि क्रिष्चियनिटीबाट मात्रै ईश्वरको उद्देश्य पुरा हुन्छ । त्यसको लागि ईश्वरले जिससको छोरीको रुपमा मलाई पठाउनुभयो । ममार्फत आर्शिवाद लिएन भने कोहि पनि ईश्वरमा समाहित हुन सक्दैन ।

– विश्व शान्ति तथा एकीकृत परिवार संघमार्फत मेरो प्रत्यक्ष निगरानीमा ईश्वरीय आर्दशको काम भइरहेको छ । विगतको गल्तीलाई सम्झेर यूवाले यो कुरा बुझनै पर्दछ । मेरो उपस्थितिमा ईश्वरीय क्रियाकलाप गर्नै पर्दछ । अनि मेरो आशिर्वाद प्राप्त गर्‍यो भने त्यो प्रत्यक्ष ईश्वरको आशिर्वाद हुनेछ । ईश्वरीय आर्शिवाद प्राप्त गरेका पुस्ताहरु सबैतिर छरिएर म जिससकी छोरीको सन्देश बाँड्नुहुन्छ भन्ने कामना गर्दछु ।

– आर्शिवाद ब्यक्तिगत रुपमा अन्त्य हुँदैन । एक अर्कामा बाँड्नुपर्दछ । अनि मात्र तपाईहरु ईश्वरीय राज्य अर्थात छन् इल गुकमा रहन सक्नुहुन्छ । जिससको छोरी ममार्फत नेपालमा आशिर्वाद लिन आउनुहुने जो जो हुनुहुन्छ, सवैले यो सन्देश सवैतिर फैलाउनुहोस् र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस् । गरिन् ।

काठमाडौंमा भएको सम्मेलनको उद्घाटन सत्रमा विभिन्न देशका पाहुना थिए । शनिबार नै उद्घाटन सत्रलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने उनले सम्बोधन गर्नुअघि नै सम्मेलन स्थलबाट बाहिरिएका थिए ।

आयोजक यूनिभर्सल पीस फेडरेसन नेपालले कार्यक्रम धार्मिक नभएको दाबी गरेको भए पनि उनको भाषण धार्मिक थियो । उनले क्रिस्चियानिटीको बखान गरेकी थिइन् । जिसस क्राइस्टले पूरा गर्न नसकेको जिम्मेवारी आफ्नो काँधमा रहेको उनले बताइन् । उनको सम्वोधनका केही बुँदाहरु यस्ता थिए स्

– आज यो ब्रह्माण्डमा २०० देश भएता पनि तिनीहरु मालिक होइनन् । यसको मालिक भगवान हुनुहुन्छ । उहाँको बारेमा थाहा पाउनैपर्छ ।

– भगवानले जिससको छोरी सृष्टि गर्नुभयो । यसरी सृष्टि गर्नु भएको छोरी भएकाले भगवानको आशिर्वाद पाउने ठाउँ बनाउनु मेरो जिम्मेवारी हो । तर मान्छेले त्यो आशिर्वाद लिने समयमा लोभ प्रकट भयो । अनि भगवानसँग असम्बन्धित क्रियाकलापहरु सुरु भयो ।

– भगवान भनेको सृष्टि हो । सुरुवात र अन्त्य हो । त्यसैले लामो समयसम्म यो रक्षा गर्नका लागि मानवताको सृष्टि गर्नुभयो । धेरै आशा गर्नुभयो । ईश्वरले जिम्मेवारी दिनुभएको यस जगतको एक जनाले यसको रक्षा गर्नै पर्दछ । त्यही जिम्मेवारीको लागि जिसस क्राइष्टलाई ईश्वरको प्रतिनिधि भएर यस संसारमा पठाउनु भयो ।

– तर त्यस्तो जिम्मेवारी दिनु भएको मेरीले जिससको समस्या थाहा पाउनु भएन । उहाँलाई पूर्ण रुपमा सहयोग गर्न सक्नु भएन । जिससको त्यो स्थान कसैले बुझ्नै सकेन । अनि क्रसमा झुण्डिएर बित्नु भएपछि त्यो जिम्मेवारी पुरा गर्न २० औं शताब्दीमा सन् म्योङ मुनको रुपमा फेरि आउनुभयो ।

यो पनि पढ्नुहोस
विवादै विवादमा मुछिएको यूपीएफ, जसका कारण सरकारले बदनामी कमायो
– जिससले पुरा गर्न नसक्नु भएको जिम्मेवारी पुरा गर्न हामी सच्चा मातापिताको रुपमा यहाँ आएका छौं । त्यसैले त्यस्तो जिम्मेवारी पुरा गर्न आएको ‘इजरायल क्षेत्र’को जिम्मेवारी कसरी पुरा गर्ने भन्ने कुरा म जिससकी छोरीलाई राम्ररी थाहा छ । जिससलाई मातापिता भएर पुरा गर्नुहोस भनेर जुन जिम्मेवारी भएको थियो, त्यो पुरा गर्न म जिससकी छोरी आएकी हुँ ।

– अनि ईश्वर एशियातिर प्रवेश गर्नुभयो र सच्चा मातापितालाई जिम्मेवारी दिनुभयो । किनभने यसलाई नयाँ रुपमा बुझ्ने ईश्वरको प्रतिनिधि भएमा मात्र ईश्वरको त्यो इतिहास र दायित्वलाई पुरा गर्न सकिन्छ भन्ने कारणले गर्दा हो ।

– १९४३ मा जिससको छोरी मेरो जन्म भयो र ईश्वरले सम्पूर्ण जिम्मेवारी मलाई दिनुभयो । कोरिया जापानबाट १९४५ मा छट्टिसकेको थियो । अनि कोरीया दुई ध्रुवमा विभाजित भयो । एकातिर डेमोक्रेसी र कम्यूनिजममा विभाजित भए ।

– १९५० मा नामै नसुनिएको अति गरीव राष्ट्र कोरिया आज सम्पन्न भएको छ । यूएनको १६औं राष्ट्रको सुचिमा छ । विश्वको प्रजातन्त्रको हिमायती बनेको छ । यी कुरालाई ईश्वरको आर्शिवादसँग जोड्न सकिन्छ । ईश्वरले जिससको छोरीमार्फत नै यो सम्भव बनाएको कुरा बताउन चाहन्छु ।

– सन् १९६० मा म ईश्वरको छोरी, जिससको छोरीको रुपमा यहाँ आएँ । क्रिष्चियनहरुले २००० वर्षको अवधिमा धेरै गल्ती गरे । ईश्वरको ईच्छा र आकांक्षा पुरा गरेनन् । फलस्वरुप यो समाधानको लागि सन म्योङ मुनमार्फत वास्तविक क्रिष्चियन संस्कृती पनि विश्वभरी फैलिदै गयो ।

– ईश्वरको उद्देश्य सँधै आफ्नो चाहनाको निरन्तरता हो । भौतिक रुपमा विकसित र स्वतन्त्र युरोपले पनि यो कुरा बिर्सियो, फलस्वरुप यूरोपमा पनि कम्यूनिज्म बढ्न थाल्यो र सत्यता बिर्सदै गयो । त्यो बिर्सने कोहि नभएर क्रिष्चियनीटी हो ।

–यो कुरा पनि सत्य हो कि क्रिष्चियनिटीबाट मात्रै ईश्वरको उद्देश्य पुरा हुन्छ । त्यसको लागि ईश्वरले जिससको छोरीको रुपमा मलाई पठाउनुभयो । ममार्फत आर्शिवाद लिएन भने कोहि पनि ईश्वरमा समाहित हुन सक्दैन ।

– विश्व शान्ति तथा एकीकृत परिवार संघमार्फत मेरो प्रत्यक्ष निगरानीमा ईश्वरीय आर्दशको काम भइरहेको छ । विगतको गल्तीलाई सम्झेर यूवाले यो कुरा बुझनै पर्दछ । मेरो उपस्थितिमा ईश्वरीय क्रियाकलाप गर्नै पर्दछ । अनि मेरो आशिर्वाद प्राप्त गर्‍यो भने त्यो प्रत्यक्ष ईश्वरको आशिर्वाद हुनेछ । ईश्वरीय आर्शिवाद प्राप्त गरेका पुस्ताहरु सबैतिर छरिएर म जिससकी छोरीको सन्देश बाँड्नुहुन्छ भन्ने कामना गर्दछु ।

– आर्शिवाद ब्यक्तिगत रुपमा अन्त्य हुँदैन । एक अर्कामा बाँड्नुपर्दछ । अनि मात्र तपाईहरु ईश्वरीय राज्य अर्थात छन् इल गुकमा रहन सक्नुहुन्छ । जिससको छोरी ममार्फत नेपालमा आशिर्वाद लिन आउनुहुने जो जो हुनुहुन्छ, सवैले यो सन्देश सवैतिर फैलाउनुहोस् र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer