गृहपृष्ठ प्रतिफल आउने गरी काम गर्न उद्योगमन्त्री यादवको निर्देशन

प्रतिफल आउने गरी काम गर्न उद्योगमन्त्री यादवको निर्देशन

manakamana-ad-Singlepage Below Next & Previous

 

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो ।

“यो सरकारी संस्थान हो, अहिले बजार अत्यन्तै अव्यवस्थित भएको छ त्यसलाई व्यवस्थापन गरी नागरिकको सेवा गर्ने काम यो संस्थानको पनि भएकाले चाडबाडको समयमा मात्रै नभई सधै नियमित अनुगमन गर्नुस्”, मन्त्री यादले भन्नुभयो ।

यस संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एक बनाएर नयाँ ढङ्गले अघि बढाउने प्रक्रिया अघि बढिसकेको भन्दै उहाँले अहिले अनुदानको चामल दुर्गम जिल्लामा पु¥याउने र कारागारमा चामल बेच्नेबाहेक अन्य काम यसले नगरेको बताउनुभयो ।

महाप्रबन्धक योगेन्द्र गौचनले संस्थानले व्यापार विविधिकरण गरी व्यासायिक हुन नसके निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । निर्णय ढिला कार्यान्वयन हुँदा र कर्मचारीले काम गर्ने शैलीलाई समयानुकूल नबनाई परम्परागतरुपमै गर्नुपर्दा नेपालका संस्थानले आशाअनुरुप काम गर्न नसकेको पनि उहाँले चर्चा गर्नुभयो ।

सञ्चालक समिति सदस्य रत्नराज पाण्डेले सबैको सहकार्यले नै संस्थानको उन्नति र प्रगति हुने हुनेमा तर कर्मचारीमा सहकार्यको भावना भने पटक्कै नभएको बताउनुभयोे ।

कर्मचारी सङ्गठनका अध्यक्ष माधवप्रसाद यादवले दरबन्दीअनुरुप कर्मचारी नभएकाले पनि काम गर्न समस्या भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer