गृहपृष्ठ मृत महिलाको पाठेघर प्रत्यारोपणबाट अर्की महिलाले जन्माइन् स्वस्थ सन्तान
मृत महिलाको पाठेघर प्रत्यारोपणबाट अर्की महिलाले जन्माइन् स्वस्थ सन्तान

एक महिलाको निधन भएपछि अर्की महिलामा प्रत्यारोपण गरिएको पाठेघरमा रहेको गर्भबाट स्वस्थ बालिकाको जन्म भएको छ ।
सन् २०१६ मा ब्राजिलको साओ पाओलोमा १० घण्टा लामो प्रत्यारोपण शल्यक्रिया र त्यसपछिको फर्टिलिटी उपचार भएको थियो ।
अहिले ३२ वर्षकी भएकी महिला जन्मिदा खेरी नै पाठेघर बिहीन थिइन् । सन् २०१६ मा निधन भएकी एक महिलाको पाठेघर उनमा प्रत्यारोपण गरिएको हो ।
साओ पाओलोको अस्पतालमा ३९ आमाहरुले आफू जीवितै रहेका बेला आफ्ना छोरीहरुलाई पाठेघर प्रदान गरेका थिए । त्यसमध्ये ११ जनाले बच्चा जन्माएका थिए ।
तर निधन भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरिएका यसअघिका १० प्रयासमा बच्चा जीवित जन्मिएका थिएनन् । यसअघिका प्रयासमा गर्भ रहने तर केही मिहनामै खेर जाने भएको थियो । तर पछिल्लो प्रयास भने सफल भएको हो ।
तीन सन्तानकी आमा जसको उमेर ४० देखि ४५ वर्षको बिचमा थियो । उनको मस्तिष्कमा भएको रक्तश्रावका कारण निधन भयो । तर उनको पाठेघर भने राम्रो थियो । डाक्टरले त्यो पाठेघरमा रहेका डिम्बलाई निकालेर बुवा बन्न चाहने पाठेघर बिहीन महिलाका पतिको शुक्रकिटसँग समागम गराएर त्यसलाई फ्रिजरमा राखे ।
त्यसपछि प्रत्यारोपणको शत्यक्रिया भयो, त्यसक्रममा महिलालाई प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि दिइयो, किनकी त्यसो नगरिएमा उनको शरीरले प्रत्यारोपणलाई स्वीकार गर्ने थिएन ।
पाठेघर प्रत्यारोपण गरेको झण्डै ६ हप्तापछि ती महिलाको महिनावारी सुरु भयो । शल्यक्रियाको सात महिनापछि फर्टिलाइज गरेर राखिएको भ्रुण महिलाको पाठेघरमा राखियो । त्यसपछि सामान्य गर्भावस्थाको समय बिताएर ती महिलाले शल्यक्रिया मार्फत सन् २०१७ को डिसेम्बर १५ मा साढे दुई किलो तौलकी छोरी जन्माइन् ।
साओ पाओलोको डास क्लिनिकासकी डाक्टर डानी एजेनबर्गले भनिन्, ‘जीवित डोनरबाट पाठेघर प्रत्यारोपण गरिनु मेडिकल माइलस्टोन थियो, किनकी यसले गर्भधारण गर्न असमर्थ महिलाहरुलाई आमा बन्ने सम्भावना देखाएको थियो । तर जीवित डोनर पाउन मुश्किल थियो, यसका लागि परिवारकै सदस्य वा नजिकका साथी चाहिन्थ्यो धेरै अवस्थामा । तर पछिल्लो उपलब्धी त्यो भन्दा पनि उत्साहप्रद रहेको छ ।’