गृहपृष्ठ सामाजिक सुरक्षा योजना , सूचीकरण सुस्त : ६२५ रोजगारदाता मात्र सूचीकृत

सामाजिक सुरक्षा योजना , सूचीकरण सुस्त : ६२५ रोजगारदाता मात्र सूचीकृत

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – सरकारले आकर्षक नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याए पनि त्यसअनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ ।

मजदुर कर्मचारीको सामाजिक सुरक्षाको सबालमा सरकार गम्भीर रहेको भन्दै कोषको अवधारणा सार्वजनिक गर्दा ‘नयाँ युगको सुरुआत्’ को नारा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै विज्ञापनको ब्यानरमा ल्याइएको थियो ।

त्यसअनुसार उद्योगी व्यवसायीलाई कार्यक्रममा समावेश हुन सरकारले दबाब दिन नसक्दा सूचीकरण सुस्त हुन पुगेको हो । सरकारले मंसिर ११ मा कार्यक्रम घोषणा गरेको थियो । त्यसयता सोमबार दुई महिना पुगेको छ । सोमबारसम्ममा जम्मा ६ सय २५ रोजगारदाता कोषमा सूचीकरण भएका छन् । कोषका अधिकारीहरुका अनुसार अहिलेसम्म १० हजारभन्दा धेरै रोजगारदाता सूचीकरण भइसक्ने अनुमान सरकारको थियो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरमा साना, मझौला र ठूला गरी करिब ९ लाख २२ हजार उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । तिनमा काम गर्ने श्रमिकको संख्या ३४ लाख हाराहारी छ । तर सूचीकरण भएकाको संख्या हेर्दा निजी क्षेत्रलाई सरकारले दबाब दिन नसकेको प्रस्टै देखिन्छ ।

कोषले मंसिर ६ मा रोजगारदातालाई सूचीकरण हुन सूचना प्रकाशित गरेको थियो । प्रधानमन्त्री ओलीले भव्य कार्यक्रममार्फत सुरु गरेको योजनालाई पछिल्ला दिनमा सरकारले नै खासै वास्ता नगरेको जस्तो देखिएको छ । कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा योजनाबाट रोजगारदाता र श्रमिकलाई पुग्ने फाइदाबारे धेरै कुरा बुझाउन आवश्यक रहेको बताइन् । ‘सूचीकरणको गति बढाउन अझै स्थानीय तहसम्म कोषमा सूचीकरण हुँदा के फाइदा हुन्छ र नहुँदा के गुम्छ भन्नेबारे बुझाउन जरुरी देखिएको छ,’ उनले भनिन्, ‘मन्त्रालयले पनि कोषलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ ।’
नागरिकबाट

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer