गृहपृष्ठ चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताले दिईन् राजीनामा

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिताले दिईन् राजीनामा

manakamana-ad-Singlepage Below Next & Previous

 

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी भोलि बुधबारदेखि लागू हुने गरी सूचना तथा सञ्चारमन्त्री समक्ष राजीनामा बुझाएको सार्वजनिक गरेकी छन्।

निकिताले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको पनि बताएकी छन्। उनी २०७४ मंसिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्। नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने अवसर आफूलाई प्राप्त भएको उनले बताएकी छन्। आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको पनि विज्ञप्तिमा उल्लेख गरेकी छन्।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer