गृहपृष्ठ आज प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम घोषणा गर्ने

आज प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम घोषणा गर्ने

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं । आज सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ । प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले आज प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम एक औपचारिक कार्यक्रम गरी घोषणा गर्ने तयारी गरेको छ । बुधबार मध्यान्ह १२ बजे राष्ट्रियसभागृहमा हुने समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्ने मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्रमा एक जना रोजगार संयोजक रहने व्यवस्था गरिएको छ । बेरोजगार व्यक्ति र रोजगारीका अवसर सम्बन्धी सूचना र तथ्यांक संकलन गरी अद्यावधिक राख्न रोजगार सेवा केन्द्रको स्थापना गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer