गृहपृष्ठ जुम्लाको ग्रीनल्याण्ड होटलमा आगलागी, एकको अवस्था गम्भीर

जुम्लाको ग्रीनल्याण्ड होटलमा आगलागी, एकको अवस्था गम्भीर

manakamana-ad-Singlepage Below Next & Previous

 

फागुन २, काठमाडौं । जुम्लाको ग्रीनल्याण्ड होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा होटलमा काम गर्ने मजदुर रहेको जनाइएको छ। उनको शरीर र अनुहार आधा जलेको छ। आगलागी हुँदा बाहिर निस्किने ठाउँ नभेटेपछि ती मजदुर जलेको आगलागी नियन्त्रणमा खटिएको एक सशस्त्र प्रहरीले बताए। आगलागीको कारण खुल्न नसके पनि बालिएको मैनबत्तीबाट भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा राति करिब १ बजे नियन्त्रणमा लिइएको हो।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer