गृहपृष्ठ बुद्ध र यति एयरले अब १५०० मै पोखरा पुर्याउने

बुद्ध र यति एयरले अब १५०० मै पोखरा पुर्याउने

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट धेरै सङ्ख्यामा यात्रु तान्न ती कम्पनीले भाडादर एक हजार ५०० तोकेका हुन् ।

मुख्य पर्यटकीय याम सुरु भएको र पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेकाले बढीभन्दा बढी यात्री आकर्षण गर्न यो ‘अफर’ ल्याइएको कम्पनीको भनाई छ ।

बुद्ध र यतिले पोखरामा बिहानको पहिलो उडानको भाडादर एक हजार ५०० तोकेका छन् । तर यो सहुलियत केही दिनका लागिमा मात्रै हो । अवस्था हेरेर पुनः बढाउन सकिनेछ ।

सामान्य अवस्थामा काठमाडौँबाट पोखराको एकतर्फी भाडा चार हजार २०० देखि पाँच हजार २०० पर्छ । पोखराबाट फर्कने यात्रु राम्रै रहे पनि काठमाडौँबाट पोखरा जाँदा केही कम भएकाले यस्तो ‘अफर’ ल्याइएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बताए ।

पाँच दिनका लागि ल्याइएको यो योजना आवश्यकताका आधारमा केही समय थप गर्न सकिने उनको भनाई छ । यतिले हालै भित्र्याएको नयाँ एटिआर विमानबाट दसैँ अघिदेखि पोखरा उडन सुरु गरेको थियो ।

यतिले हाल तीन एटिआर र ६ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ । बिहीबारदेखि पोखरामा सहुलियत उडान सुरु गरेको बुद्ध एयरले पनि यात्रुको अवस्थालाई मध्यनजर गरी अवधि बढाउनसक्ने जनाएको छ ।

बुद्धका बजार प्रमुख रुपेश जोशीले यात्रुको आकर्षणका लागि प्रवर्द्धनात्मक भाडा पाँच दिनका लागि कायम गरिएको जानकारी दिनुभयो । बुद्धले ६ एटिआरसहित ११ विमानले उडान भर्दै आएको छ ।

बिहान ७ः०० बजेबाट पहिलो उडान हुने गरेकामा अहिले बुद्धको काठमाडौँबाट पोखराको पहिलो उडान बिहान ६ः१५ बजेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई महिना अघिदेखि बिहान ५ बजे खुलेर ६ बजेबाट आन्तरिक उडान हँुदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer