गृहपृष्ठ तिहारमा देशैभर लोडसेडिङ नहुने

तिहारमा देशैभर लोडसेडिङ नहुने

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं– तिहारमा विद्युतको माग बढे पनि लोडसेडिङ भने नहुने भएको छ। हाल १२ मेगावाट जति रहेको विद्युतको माग तिहारमा १२ सय ७० देखि १३ सय मेगावाटसम्म पुग्ने नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको छ। तर त्यो माग धान्न तयारी गरिसकेको प्राधिकरणका सुचना अधिकारी लिला अर्यालले जानकारी दिइन्।

तिहारको बेला उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले पनि प्राधिकरणलाई विद्युतको माग धान्न सहज हुने भएको हो। यस वर्ष विगतका वर्षमा भन्दा विद्युत व्यवस्थापन गर्न सहज रहेको अर्यालले बताइन्।

भारतबाट मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनमा थप एक सय मेगावाटभन्दा बढी विद्युत खरिद गर्न सकिने, कुलेखानीमा पर्याप्त पानीजम्मा भएकाले पनि यसवर्ष थप सहज रहेको प्राधिकरणको भनाइ छ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer