गृहपृष्ठ ‘ग्वोबल टिचर अवार्ड’ पाउँदै देविनाले राखिन विश्वसामु नेपालीको सान

‘ग्वोबल टिचर अवार्ड’ पाउँदै देविनाले राखिन विश्वसामु नेपालीको सान

manakamana-ad-Singlepage Below Next & Previous

अन्तराष्ट्रिय रुपमानै शिक्षा क्षेत्रको प्रतिष्ठित पुरस्कारको रुपमा हेरीने ‘ग्लोबल टिचर अवार्ड २०१८’नेपाली शिक्षिका देविना श्रेष्ठले हात पारेकी छिन् । एककेएस नामक शैक्षिक संस्थाले आयोजना गरेको उक्त टिचर अवार्ड विश्वका २७ देशका शिक्षकहरुलाई प्रदान गरिएकोमा नेपालको तर्फबाट कोरोना स्कूलकी चिफ स्कूल कोअर्डिनेटर देविना श्रेष्ठले ले जितेकी हुन् ।

भारतको नयाँदिल्लीमा आयोजित एक समारोहका विच उक्त अवार्ड प्रदान गरिएको हो । शिक्षण र ब्यवस्थापनको विधि, प्रयोग र अन्तर्कृयालाई अवलोकन, निरिक्षण र मुल्याकंन आधारमा पुरस्कृतको छनौट गरिएको थियो ।

विभिन्न शैक्षिक संस्थाको अनुभव रहेकी श्रेष्ठले सामाजिक विकासको क्षेत्रमा काम गरेकी छिन् । यसैगरी विद्यार्थीको मानसिकतामा आधारित व्यावहारिक शिक्षा र संस्कारको क्षेत्रमा विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउन सफल श्रेष्ठले नर्वेको गैह्र सरकारी संस्था आइसीडिपीमा प्रशिक्षकको भूमिकामा अनुभव प्राप्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer