गृहपृष्ठ प्याब्सन गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा मदन सुवेदी चयन

प्याब्सन गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा मदन सुवेदी चयन

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले मदन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ ।

शुक्रबार अत्तरखेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुन दंगाल, सचिवमा रामप्रसाद बडाल, सह–सचिवमा मेनुका घिमिरे, कोषाध्यक्षमा सुदिप अधिकारी चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमसः खगेन्द्र प्रसाद खरेल, दुर्गानाथ सिवाकोटी, नेत्र प्रसाद दाहाल, हरी लामा, पद्मा रिजाल र छेवाङ छेदर भुटीयालाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठलेसइइ परीक्षामा ‘४ जिपीए’ ल्याउने विद्यार्थीको संख्या निजी क्षेत्रमा सञ्चालित विद्यालयहरुको सबै भन्दा बढी रहेको बताउँदै निजी विद्यालयहरुले राष्ट्रको शैक्षिक विकासका लागि महत्वपुर्ण योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रममा निजी विद्यालयले खेल्नुपर्ने भूमिका तथा प्याब्सनले अपनाउनुपर्ने रणनीति सम्बन्धमा काठमाडौं प्याब्सनका पुर्ब अध्यक्ष तथा बरिष्ठ सल्लाहकार गोपाल आचार्य लगायतका वक्ताहरुले आ–आफ्नो धारण राखेका थिए भने प्याब्सन उपत्यका प्रदेश प्रमुख थकिन गुरुङले प्याब्सन आफ्नो उद्देश्य अनुरुप अघि बढिरहेको समेत बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष मदन सुवेदीले परिवर्तन खबर डटकमसँग संक्षिप्त कुराकानीमा नगरभित्र विद्यालय बीचमा सौहार्द वातावणको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्याब्सन आँफैँमा आन्दोलनको नाम भएकोले नीजि क्षेत्रको हक हितका लागि जस्तोसुकै संघर्ष गर्न पनि आफू पछि नहट्ने बताउनु भयो । सुवेदीले नीजि क्षेत्रका विद्यालयलाई कमजोर पार्ने प्रयास भईरहेको छ, यो हामीलाई मान्य हुदैन यसका लागी स्थानीय स्तर बाट नै हामी एक भएर जान्छौ ।

सुदर्शन थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख प्रेम राइले निजी बिध्यालयलाई सहयोगीकोरुपमा हैन राज्यले समस्याकोरुपमा लिइरहेको बताउदै अब राज्यले निजी विद्यालयको योगदानलाई कदर गरि देशको समृद्धिकालागी निजी विद्यालयसंग हातेमालो गर्दै जानु पर्ने कुरामा जोड दिनु भयो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer