गृहपृष्ठ ‘मिष्ट कलेज’ले मनायो दशौं बार्षिकोत्सव, यस्ता थिए प्रमुख आकर्षण

‘मिष्ट कलेज’ले मनायो दशौं बार्षिकोत्सव, यस्ता थिए प्रमुख आकर्षण

manakamana-ad-Singlepage Below Next & Previous

सिफल कालोपुलमा अवस्थित शहिद स्मारक जनस्वास्थ्य कलेज ‘मिष्ट’को दशौं बार्षिकोत्सव सम्पन्न भएको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि दहालले विदेशीने युवाहरुको दरलाई रोक्दै सीपयुक्त दक्ष जनशक्ति उत्पादनमा मिष्ट कलेजले खेलेको भुमिकाको प्रशंशा गर्दै प्राविधिक शिक्षाको पँहु्च पिछडिएका जनतासम्म लैजान सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सीपल सत्यनारायण यादवले कलेजको एक दशकिय यात्राको शैक्षिक प्रगती र दक्ष प्राविधिक जनशक्ति उत्पादनमा कलेजले खलेको भुमिका बारे प्रकाश पार्नुभयो ।

शहिद स्मारक जनस्वास्थ्य सहकारीका अध्यक्ष सोमनाथ अधिकारी प्यासी , फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष खगेन्द्र अधिकारी सिटीइभीटीका प्राविधीक अधिकृत ठाकुरनाथ अधिकारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देशको समग्र प्राविधिक शिक्षाको विकासमा मिष्ट कलेजको भुमिकाको चर्चा गर्नुभयो ।

बार्षिकोत्सवको अवसर पारी कलेजले प्रकाशन गरेको कलेज स्मारीका मिष्ट दर्पणको प्रमुख अतिथिबाट विमोचन गरिएको थियो ।


संस्थाका अध्यक्ष निलकृण्ण ताम्रकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी संचालक उपेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का कार्यकारी संचालक सागर मानन्धरले प्रमुख अतिथिलाई दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer