गृहपृष्ठ प्रियंका–आयुष्मान जाेडी ‘प्रेम दिवस’मा देखा‍ पर्दै

प्रियंका–आयुष्मान जाेडी ‘प्रेम दिवस’मा देखा‍ पर्दै

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं– फिल्म ‘राधा २’ को नाम परिवर्तन हुने भएको छ।

पहिले ‘राधा २’ शीर्षक राखेर कथावस्तु र कलाकार चयन गरिएकाे फिल्मको नाम परिवर्तन गरी ‘प्रेम दिवस’ राखिएको छ।

फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रमुख भूमिका रहनेछ।

निर्माण टिमले दसैंको घटस्थापनाको अवसर पारेर बुधबार काठमाडौंको मैतिदेवी मन्दिरमा फिल्मको शुभसाइत गरेको छ।

उक्त कार्यक्रममा निर्देशक योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, लेखक प्रदीप भारद्वाज र नवनायक विशाल खरेल लगायतको उपस्थिति थियो।

कात्तिक पहिलो साताबाट छायांकनका लागि फ्लोमा निस्कने फिल्ममा महाराजा थापा, सुशीलजंग कार्की, महेश खड्का, दीपक शर्मा र वसन्त सापकोटाको संगीत रहनेछ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

फिल्म प्रेम दिवसको छेकोमा प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer