गृहपृष्ठ अवतरण गर्न लागेको विमान चिप्लिएर समुद्रमा पुगेपछि…

अवतरण गर्न लागेको विमान चिप्लिएर समुद्रमा पुगेपछि…

manakamana-ad-Singlepage Below Next & Previous

एजेन्सी – प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । एयर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको हो ।

विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

दुर्घटनाको कारणबारे अधिकारीहरुले अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer