गृहपृष्ठ पत्रकार वाग्लेको “अबिर” सार्वजनिक

पत्रकार वाग्लेको “अबिर” सार्वजनिक

manakamana-ad-Singlepage Below Next & Previous

साउन ५, काठमाडौँ – पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास शनिबार विमोचन भएको छ ।

स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका हुन् ।

“गोरखापत्र राष्ट्रिय दैनिक” पत्रिकाका सम्पादक वाग्लेका यसअघि दुई कविता संग्रह प्रकाशित भइसकेका छन् । “अबिर” उनको तेस्रो कृति हो ।“अबिर” उपन्यासमा नारीको महत्व, पुरुषले गर्ने व्यवहार र सामाजिक क्षेत्रमा देखिएको राजनीति विकृतिलाई केलाउने प्रयास गरिएको छ ।

उपन्यासको समीक्षा प्रा. डा. उषा ठाकुर, प्रा. डा. देवीप्रसाद सुवेदी, कथाकार माया ठकुरीले गरेका थिए ।कार्यक्रममा कुलपति उप्रेतीले कृति पठनीय भएको धारणा राखे ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer