गृहपृष्ठ गजल :के भनौं खै?

गजल :के भनौं खै?

manakamana-ad-Singlepage Below Next & Previous

– रमेश लामिछाने

चोखो माया झुठ को सामु हारेपछी के भनुँ खै?
तिम्रो गोत्र अन्तै लगि सारेपछि के भनुँ खै

 

भैसि पाली दूध जमाइ महि पार्ने काम गरेँ
नौनी डल्लो अन्तै लगि खारेपछी के भनुँ खै

 

आफैं दुलाहा बनी आउँछु जन्ती लिइ तिम्लाइ लिन
भन्दा भन्दै जन्ती खोला तारेपछी के भनुँ खै?

 

भेट्न आउँछु सानु तिम्लाइ भन्थ्यौ र पो कुरि बसेँ
खोला किनार कुराएर टारेपछी के भनुँ खै?

 

तिम्ले भर्ने होनि भनी सिधा सिउँदो कोरि आउँथ्यौ
सिउँदो भरी पराइ सिन्दुर पारेपछी के भनुँ खै?

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer