गृहपृष्ठ भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न राज्यमा विधानसभा तथा आम निर्वाचनको संघारमा फेरि नेपाल आउने भएका छन् ।

मंसिर २६ मा जनकपुरमा आयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने गरी मोदी नेपाल आउन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

आफ्नो पाँचौँपटकको नेपाल भ्रमणको अवसरमा मोदीले एकीकृत भन्सार जाँच चौकीको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीसँग मिलेर मोदीले पुनः सञ्चालनमा आएको जनकपुर जयनगर रेल मार्ग पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि चार वर्षे कार्यकालमा भारतीय प्रधानमन्त्रीको रुपमा मोदीले नेपालको चारपटक भ्रमण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer