गृहपृष्ठ छ आयोगका लागि सचिव तोकियो, कोको कहाँ परे ?

छ आयोगका लागि सचिव तोकियो, कोको कहाँ परे ?

manakamana-ad-Singlepage Below Next & Previous

 

काठमाडौँ –  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको छ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयोे ।

मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा काजमाजका लागि तोकिएको हो । आयोगका खटाइका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ्ग  र थारू आयोगमा रुपनारायण भट्टराईलाई तोकिएको हो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer