गृहपृष्ठ बालबालिका क्षेत्रको सुधारमा तीनै तहको सहयोग आवश्यक

बालबालिका क्षेत्रको सुधारमा तीनै तहको सहयोग आवश्यक

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ –  बालबालिकाका क्षेत्रमा सुधार ल्याउन सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको विभिन्न सरोकार भएकाहरुले बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं केन्द्रीय बालकल्याण समितिद्वारा आज यहाँ आयोजित ‘अन्तरराष्ट्रिय बालअधिकार दिवस र नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिकीकरण’मा महिलामन्त्री थममाया थापाले बालबालिकाको वृत्ति विकासमा तीनै तहका सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विविध हिंसा, दुव्र्यवहार र शोषणमा परेका बालबालिकाको विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुुपर्ने र विद्यालय शिक्षामा तिनको सिकाइको उपलब्धिमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

बालबालिका सडकमा बस्न पर्दैन, सडकमा बस्न हुँदैन भन्ने उद्घोषका साथ आव २०७३÷७४ मा सञ्चालन गरिएको अभियानबाट गत असार मसान्तसम्मको तथ्याङ्कमा ७८३ बालक र ९० बालिकाको उद्धार तथा व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बालबालिका खोजतलास समन्वय केन्द्र १०४ को तथ्याङ्कानुसार आव २०७४÷७५ मा दुई हजार ३३० बालबालिका हराएकामा एक हजार १७ फेला परेका छन् भने बाँकीको खोजतलास जारी छ ।

गत वैशाख पहिलो हप्तादेखि असारसम्म काठमाडौँ उपत्यकाबाट एक हजार ७३ सार्वजनिक यातायातका साधनबाट ५९ बालश्रमिक उद्धार गरी पुनःस्थापना एवं पारिवारिक पुनर्मिलनसमेत गराइएको प्रतिवेदनमा जनाइएको छ ।

बालबालिकाका जीवनमा सकारात्मक परिवर्तन, विद्यालयस्तरमा भर्नादर वृद्धि, स्वास्थ्य सेवामा बालबालिकाको पहुँचमा वृद्धि हुनाका साथै बालस्वास्थ्यमा सुधार, जोखिममा रहेका बालबालिकाका लागि आवश्यक सेवा तथा सहयोग प्रवाहलगायत बालअधिकारका क्षेत्रमा व्यापक उपलब्धि भएको महिला मन्त्रालय, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक केशव भट्टराईले बताउनुभयो । नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन पुस्तिकामा बाल बचावट, बाल संरक्षण, बाल विकास, बाल सहभागितासँग सम्बन्धित विविध तथ्याङ्क उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer