गृहपृष्ठ भूकम्पबाट प्रभावित नागरिकहरुको सबै काम अब स्थानीय निकायबाटै : ज्ञवाली

भूकम्पबाट प्रभावित नागरिकहरुको सबै काम अब स्थानीय निकायबाटै : ज्ञवाली

manakamana-ad-Singlepage Below Next & Previous

रामेछाप – पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले भूकम्पबाट प्रभावित नागरिकहरुको सबै काम अब स्थानीय निकायबाटै हुने बताउनु भएको छ ।

मंगलबार रामेछापको पुरानो सदरमुकाममा रहेको गौरी शंकर माविको भवन पुनर्निर्माणपछि हस्तान्तरण कार्यक्रममा पुग्नुभएका ज्ञवालीले प्राधिकरणले पुनर्निर्माणका क्रममा देखिएका सबै समस्यालाई तत्काल हल गर्दै जाने नीति अवलम्वन गरेको जानकारी दिनुभयो ।

ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणको सबै काम सकेर मुलुकलाई नयाँ रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणसँगै विपन्न र बेरोजगारहरुका लागि जिविकोपार्जन र आय आर्जनका कार्यक्रम पनि एकैसाथ लैजाने तयारी भैरहेको पनि बताउनुभयो ।

यूएसएआईडी को आर्थिक सहयोगमा १७ महिना अघिबाट स्वच्छन्द जेभी निर्माण सेवाले यो विद्यालयको पुनर्निर्माणको काम सुरु गरेको थियो । कुल ११ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

विद्यालयको ८ वटा भवनमा २६ वटा कक्षा कोठा रहेका छन जसमा बैठक कक्ष, पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, अत्याधुनिक शौचालय चमेना गृह को समेत छुट्टा छुट्टेै व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer