गृहपृष्ठ भीभीआईपी बोक्न मात्रै ४ वटा हेलिकप्टर

भीभीआईपी बोक्न मात्रै ४ वटा हेलिकप्टर

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – नेपाली सेनाले ४ वटा हेलिकप्टर विशिष्ट तथा अतिविशिष्ट व्यक्तिका लागि मात्रै तयारी हालतमा (स्ट्याण्डबाइ) रहने गरी दीर्घकालिन हवाई योजना तयार पारेको छ ।

राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी छुट्टै हेलिकप्टर खरिद गरिसकेको सरकारले विशिष्ट व्यक्तिका लागि भन्दै थप हेलिकप्टर किन्न लागेको हो । सोही योजना अनुसार सेनाले यसको खाका तयार पारेको हो ।

सैनिक हवाईसाधनलाई भीभीआईपी मध्य एयरबेस ( त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ) , पूर्वी एयरबेस ( विराटनगर ) र पश्चिम एयरबेस ( सुर्खेत ) अन्तर्गत विकेन्द्रीकरण गर्दै सेनाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट तथा विशिष्ट व्यक्तिका लागि मात्रै उडान भर्न ४ वटा हेलिकप्टर सहितको कार्ययोजना बनाएको हो ।

सेनाको उक्त कार्ययोजना रक्षा मन्त्रालयमा पेश भइसकेको छ । यसका खरिद प्रक्रियामा रहेका बाहेक प्रतिगोटा डेढ अर्ब भन्दा बढी मूल्यका थप ३ वटा हेलिकप्टर किन्नु पर्नेछ ।
कारोबारबाट

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer