गृहपृष्ठ स्ववियु निर्वाचनको तयारी गर्न त्रिविको निर्देशन

स्ववियु निर्वाचनको तयारी गर्न त्रिविको निर्देशन

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार उपत्यकाभित्र र बाहिरका सबै आङ्गिक क्याम्पसलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो।

स्ववियु निर्वाचनको पूर्वतयारी गर्नेसम्बन्धी परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्वतयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ।

त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई/दुई वर्षमा गर्ने व्यवस्था रहेको छ। दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो।

अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढंगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer