गृहपृष्ठ मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु

मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु

manakamana-ad-Singlepage Below Next & Previous

विराटनगर– मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१५ निवासी सुभाष मण्डलका छोरा ११ वर्षीय अमित मण्डलको मृत्यु भएको हो।

उनीसँगै रहेकी स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन्।

घर नजिकै बालिएको आगोमा उनीहरूले बाटोमा भेट्टाएको मोबाइल हालेपछि पड्एिर दुवै जना गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। राधिकाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer