गृहपृष्ठ पूर्व युवराज पारसको स्वास्थ्य अवस्था स्थिर, खतरा कायमै

पूर्व युवराज पारसको स्वास्थ्य अवस्था स्थिर, खतरा कायमै

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – तेस्रो पटक हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको तर खतरामुक्त भने भइनसकेको अस्पताल श्रोतले जनाएको छ । सोमबार नर्भिक अस्पताल  भर्ना भएका शाहको उपचार भइरहेको छ।

उनको उपचारमा संलग्न एक चिकित्सकका अनुसार अवस्था खतरामुक्त हुन सकेको छैन। शाहको स्वास्थ्य र उपचारबारे अस्पतालका चिकित्सकहरुले केहीबेरपछि ‘ब्रिफिङ’ गर्ने तयारी छ ।

छोरा अस्पताल भर्ना भएपछि पूर्व रानी कोमल शाह सोमबार राति नै सडकमार्ग भएर अस्पताल पुगेकी थिइन् । उनी हेटौडाबाट सडकमार्ग भएर काठमाडौँ आएकी हुन् । अस्पतालमा उनले छोरा पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer