गृहपृष्ठ मुख्य खबर

वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा
वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा

धनगढी - कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् । यो समाचार आजको कान्तिपुरबाट लिएको हो । 'वाइडबडीमा अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने मै हुँ,' उनले भने, 'यतिबेला आएर मलाई...

नेविसंघमा महामन्त्रीसहित ७ सात जना पदाधिकारीले दिए पदबाट राजीनामा
नेविसंघमा महामन्त्रीसहित ७ सात जना पदाधिकारीले दिए पदबाट राजीनामा

काठमाडौं - नेविसंघका सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु...

मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु
मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु

विराटनगर– मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१५ निवासी सुभाष मण्डलका छोरा ११ वर्षीय अमित मण्डलको मृत्यु भएको हो। उनीसँगै रहेकी स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन्। घर नजिकै बालिएको आगोमा उनीहरूले बाटोमा भेट्टाएको मोबाइल हालेपछि पड्एिर दुवै जना गम्भीर...

नेपाल टेलिभिजनमा करारमा कर्मचारी राखिने
नेपाल टेलिभिजनमा करारमा कर्मचारी राखिने

काठमाडाैं- सरकारले नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्ने भएको छ। स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन्। शुक्रबार संघीय संसदको विकास तथा प्रविधि...

फुट्यो विवेकशील साझा पार्टी
फुट्यो विवेकशील साझा पार्टी

काठमाडौं- पछिल्लो समय विवादमा रहेको विवेकशील साझा पार्टी फुटेको छ। केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए। त्यसपछि पार्टीभित्रको मदभेद सतहमा आएको हो। 'सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै सीमित थोरै नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति। दल भित्रका सदस्यहलाई जिम्मेवारी...

डा केसीसँगको सम्झौता र समितिको प्रतिवेदनमा कहाँ छ फरक?
डा केसीसँगको सम्झौता र समितिको प्रतिवेदनमा कहाँ छ फरक?

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले कांग्रेसको फरकमत तथा डा गोविन्द केसीसँगको सम्झौताविपरीत बुधबार विधेयक पारित गर्‍यो। सोही दिनबाट डा गोविन्द केसीले अनसन सुरु गरेका छन्। यो उनको १६औं अनसन हो। आफूसँग भएको सम्झौता अनुसार समितिले विधेयक पारित नगरेको भन्दै इलाम पुगेर उनले अनसन सुरु गरेका हुन्। यद्यपि, चिकित्सा...

इन्धन मूल्य घट्यो
इन्धन मूल्य घट्यो

काठमाडौ-सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ। साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। घटेको...

पृथ्वीनारायण शाहका बारेमा नकारात्मक टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको आग्रह
पृथ्वीनारायण शाहका बारेमा नकारात्मक टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा शीतलहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले तराईमा शीतलहरका कारण ज्यान नजाओस् भनेर सरकारले हिउँद सुरु हुनुअघि नै दाउरासहित न्यानो कपडा वितरणको उचित व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि नेपालीले भोकभोकै...

पूर्व राष्ट्रपति डा. यादवले भने : म प्रोफिट-मेकिङ अस्पतालमा जाँदिन सरकारी अस्पतालबाटै सेवा गर्छु
पूर्व राष्ट्रपति डा. यादवले भने : म प्रोफिट-मेकिङ अस्पतालमा जाँदिन सरकारी अस्पतालबाटै सेवा गर्छु

दाङ - गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादबले आफू चिकित्सा पेशामा फर्कने इच्छा रहेको भन्दै सरकारी अस्पतालमा मात्रै जाने बताउनु भएको छ । बिहिबार रिपोर्टर्स क्लब दाङकाे साक्षात्कारमा उहाँले भन्नुभयो,‘मेरो एउटा सीमा छ, म प्रोफिट-मेकिङ अस्पतालमा जाँदिन,’ डा.यादवले भन्नुभयाे, ‘यदि म गएछु भने सरकारी अस्पतालमै जानेछु ।’ उहाँले काठमाडाैंमा भए बीर र टिचिङमा...

वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई सरकारले तत्काल कारबाही नगर्ने
वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई सरकारले तत्काल कारबाही नगर्ने

काठमाडौं – सरकारले वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कारबाही नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरुलाई तत्काल कारबाही नगर्ने बताउनु भएको हो । उहाँले सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन...