गृहपृष्ठ मुख्य खबर

जापानी विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् भ्रमणका एजेन्डा
जापानी विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् भ्रमणका एजेन्डा

काठमाडौं -  जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो बुधबार अपराह्न नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले जापानी विदेश मन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउन जनाएको छ ।...

लोकसेवाले माग्यो १९१ नायब सुब्बा
लोकसेवाले माग्यो १९१ नायब सुब्बा

काठमाडौं – लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ । लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय,...

विदेशबाट फर्किँदै हुनुहुन्छ ? होशियार ! यी सामान विमानस्थलमा जफत हुनसक्छ
विदेशबाट फर्किँदै हुनुहुन्छ ? होशियार ! यी सामान विमानस्थलमा जफत हुनसक्छ

काठमाडौं- विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किँदा विगतको जस्तै टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्‍याउनुस् । पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ । तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको विमानस्थल भन्सार प्रमुख चुँडाराज...

सहुलियत ऋणका लागि ८ हजार ८ सयको निवेदन, ऋण लिनेले बुझ्नै पर्ने कुरा
सहुलियत ऋणका लागि ८ हजार ८ सयको निवेदन, ऋण लिनेले बुझ्नै पर्ने कुरा

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर देशमै केही काम गर्छु भन्ने योजना बनाउनुभएको छ ? योजना छ, तर रकम छैन भने सहुलियत ऋणको लागि निवेदन दिन अब ढिला नगर्नुहोस् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशबाट फर्किएका युवालाई सहुलियत ऋणका लागि निवेदन दिन यसअघि नै आह्वान गरेको छ । विदेशबाट...

राप्रपाले धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने
राप्रपाले धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यकता नभएको दावी गर्नुभएको छ । अध्यक्ष थापाले विदेशीको दबाब र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनुपरेको पनि स्पष्ट पार्नुभयो । मंगलबार...

कांग्रेसले बनाउने भयो छायाँ सरकार, मन्त्री बन्न मन हुनेलाई नाम पेश गर्न आह्वान
कांग्रेसले बनाउने भयो छायाँ सरकार, मन्त्री बन्न मन हुनेलाई नाम पेश गर्न आह्वान

काठमाडौं – सरकारको कामलाई सन्तुलन कायम राख्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार गठन भएलगत्तै छायाँ सरकार बनाउने भनेर चर्चा भए पनि सरकार गठन...

चिसोमा संक्रमणको जोखिम उच्च, अपनाउनुस् यस्ता सतर्कता
चिसोमा संक्रमणको जोखिम उच्च, अपनाउनुस् यस्ता सतर्कता

काठमाडौंमा जाडो बढ्दैछ । जाडोमा विभिन्न रोगको संक्रमण पनि बढी हुने गर्छ । त्यसैले, यो समयमा खासगरी बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ । ६५ वर्ष उमेर कटेका वृद्धवृद्धा तथा १२ वर्ष उमेरमुनिका बालबालिकामा श्वासप्रश्वासको समस्या धेरै हुने गर्छ । चिसोमा छुकछुके प्रवृत्तिका कारण बालबालिकाले आफूलाई न्यानोमा राख्न...

मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने कम्पनीलाई कडा कारबाही गर्न माग
मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने कम्पनीलाई कडा कारबाही गर्न माग

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदद्वय यज्ञराज सुनुवार र राजेन्द्र लिङदेनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सीएमसीलेआयोजनाको काम अलपत्र पार्ने काम गरेको भन्दै तत्काल कारबाही गर्न...

मलाई क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरियो : पूर्वप्रधानमन्त्री नेपाल
मलाई क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरियो : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टीकरण दिदै आपत्ति जनाएका हुन् । सोमबार संघीय...

स्ववियु निर्वाचनको तयारी गर्न त्रिविको निर्देशन
स्ववियु निर्वाचनको तयारी गर्न त्रिविको निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार उपत्यकाभित्र र बाहिरका सबै आङ्गिक क्याम्पसलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो। स्ववियु निर्वाचनको पूर्वतयारी गर्नेसम्बन्धी परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित...