गृहपृष्ठ ठिमीमा बसको ठक्करबाट २ जनाको मृत्यु

ठिमीमा बसको ठक्करबाट २ जनाको मृत्यु

manakamana-ad-Singlepage Below Next & Previous

भक्तपुर– भक्तपुरको मध्यपुर ठिमी–४ स्थित क्षयरोग अस्पताल नजिकै गएराती ११ बजे, बा ५ ख ३७६५ नम्बरको बसको ठक्करबाट बा २ क १६५४ नम्बरको मिनी ट्रकका चालक र परिचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिनी ट्रकका चालक काभ्रेको बनेपा–४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाँउका २८ वर्षीय टार्जन श्रेष्ठ रहेका छन्।

दुवैजनाको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो। उक्त मिनी ट्रक अगाडि रहेको बा २ क ३९३५ नम्बरको ट्रिपरको पछाडि ठोकिन पुगेको थियो। ठक्कर दिने बस सहित चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer