गृहपृष्ठ चिकित्सकको आन्दोलनमा जोडियो वेलफेयर सोसाइटी

चिकित्सकको आन्दोलनमा जोडियो वेलफेयर सोसाइटी

manakamana-ad-Singlepage Below Next & Previous

नेपाल– बंगलादेश मेडिकल वेयलफेयर सोसाइटीले सरकारले भदौ १ गतेदेशि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध ९संहिता० ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को विरोध जनाएको छ । सोसाइटीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त ऐनको विरोध गरेको हो ।

सोसाइटीले नेपाल चिकित्सक संघको आन्दोलनमा सोसाइटीको समेत ऐक्यबद्धता रहेको विज्ञप्तीमार्फत उल्लेख गरेको छ । उल्लेखित ऐनहरु निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्ने तर्फ लक्षित भएको एवं यसले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने सोसाइटीको ठहर छ ।

‘नेपाल चिकित्सक संघले पेश गरेका मागहरुको समर्थन गर्दै, नेपाल चिकित्सक संघले गरेको आन्दोलनमा सोसाइटी ऐक्यबद्धता जनाउदछ साथै आफ्ना नेपालमा कार्यरत डाक्टर सदस्यहरूलाई सो अनुसार सहयोग र समर्थन गिरिदिनुहुन समाज हार्दिक अनुरोध गर्दछ’– सोसाइटीकी अध्यक्ष रजनिश अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer