गृहपृष्ठ कहिले देखि खुल्दै छ दशैका लागी अग्रिम टिकट बुकिङ?

कहिले देखि खुल्दै छ दशैका लागी अग्रिम टिकट बुकिङ?

manakamana-ad-Singlepage Below Next & Previous

नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैंको लागि आगामी शुक्रबार असोज ५ गते शुक्रबार देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

आइतबार सरकार र यातायात व्यवसायीबीच दशैं मनाउन राजधानी बाहिर जानेको यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले शुक्रबारदेखि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको बताए ।

यातायात व्यवसायीहरुलले भाडादर बढाउनु पर्ने, समितिका रोकिएका बैंक खाता खोल्नु पर्ने लगायतका माग राखेर टिकट बुकिङ खुलाउन आनाकानी गर्दै आएका थिए ।

तर, आइतबारको बैठकमा असोज ५ अघिनै भाडामा हेरफर गरिने र बैंक खाताका लागि पनि पुनर्विचार गर्ने सरकारले संकेत गरेपछि व्यवसायी अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन्।

यसवर्षको विजया दशमी कात्तिक २ गते परेको छ । दशैंको समयमा काठमाडौंबाट घर जानेहरुको चाप बढ्ने हुँदा वर्षेनी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको अभ्यास गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer