गृहपृष्ठ ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगीता’को उपाधी साम्तेनकी निमालाई

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगीता’को उपाधी साम्तेनकी निमालाई

manakamana-ad-Singlepage Below Next & Previous

निजी तथा आवासिय विधालय संगठन काठमाडौ (प्याब्सक)ले आयोजना गरेको’ दोश्रो  प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगीताको फिनाले सम्पन्न भएको छ । सोमबार रसियन कल्चर सेन्टरमा भएको फिनालेमा साम्तेन स्कुलकी छात्रा निमा साङ्गमु शेर्पाले २४ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भइन । त्यस्तै शारदा एकेडेमीका अर्पण राई द्वितीय र तिरुपति विद्यालयका ध्रुव बिकले तृतीय स्थानको बाजी मारे


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमसः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित मेडल, प्रमाण पत्र तथा ट्रफी प्रदान गरिएको थियो । यस्तै, प्रतियोगितामा सहभागी २५ जनामध्ये उत्कृष्ट १० सहभागीलाई मेडल तथा प्रमाण पत्र दिएको थियो । भने फिनालेमा पुग्न सफल सबै प्रतिष्पर्धिहरुलाई समेत प्रमाणपत्र प्रदान गएिको थियो ।

कार्यक्रममा संगीतकार सुर्य थुलुङ्ग र गायिका लोचन भट्टराइ निर्णायक रहेका थिए । कार्यक्रम वरिष्ठ गीतकार कालीप्रसाद रिजाल प्रमुख आतिथ्यता र प्याव्सकका अध्यक्ष बालकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer