गृहपृष्ठ नेकपामा राम्रै खटपटको संकेत रिमाल र भट्टरार्इको फेरि जुहारी

नेकपामा राम्रै खटपटको संकेत रिमाल र भट्टरार्इको फेरि जुहारी

manakamana-ad-Singlepage Below Next & Previous

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि त्यसमा पनि पुर्व एमालेको आन्तरिक खटपट सतहमा आएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि ओलि अमेरिकामा रहेका बेला पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले सदनमानै सरकारको कडा आलोचना गरे । नेपालको आलोचनालाई सरकारको मात्र आलोचन भन्दा पनि पार्टी एकिकरण गर्दा पद बाँडफाँडमा केपि ओलि पक्षले पेलेको आक्रोशको रुपमा बुझिएको छ । नेता नेपालले देश डुब्न लाग्यो भन्दै सदनमा ओलि विरुद्ध अभिव्यक्ति दिएपछि ओलिले अमेरिका बाटै नेपाललाई व्यङ्यात्मक पारामा देश डुब्न नदिन आफु अमेरिकाबाट फर्कने जवाफ दिएका छन् ।

ओलि र नेपालको टकराव परिरहँदा यता नेता विष्णु रिजाल र योगेश भट्राईको पनि टुईट मार्फत जुहारी परेको छ ।प्रधानमन्त्रीका राजनितिक सल्लाहकार समेत रहेका रिजालले टुईट मार्फत भनेका छन् “मानिसको पतन त्यस समय शुरू हुन्छ, जबआफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ”

रिजालको यस्तो टुईट आएपछि त्यसको प्रतिउत्तरमा भट्राईले टुईट गर्दै भनेका छन् शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन कठै दोसी चस्मा

नेकपा भित्रको यो जुहारीले पार्टी भित्र राम्रै खटपटको संकेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer