गृहपृष्ठ आज दिनभर मौसम खुल्ने सम्भावना छैन : मौसमविद्

आज दिनभर मौसम खुल्ने सम्भावना छैन : मौसमविद्

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूति पोख्रेलका अनुसार बुधबार दिनभर मौसम खुल्ने सम्भावना छैन । यस्तै आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि मौसमविद् पोख्रेलले बताउनुभयो ।

अबको एक दुई दिनको मौसम यस्तै हुने पनि उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer