गृहपृष्ठ थाइराइड बाट कसरी बच्ने ? यस्ता छन् लक्षण र उपचार

थाइराइड बाट कसरी बच्ने ? यस्ता छन् लक्षण र उपचार

manakamana-ad-Singlepage Below Next & Previous

थाइराइड घाँटीमा हुने ग्रन्थि हो । यो रुद्रघन्टीको ठयाक्कै तल हुन्छ । त्यसले थाइराइड हर्मोन उत्पादन गर्दछ । थाइराइड रोग होइन । शरीरको मेटाकोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्ने थाइराइडलाई हर्मोनको आवश्यक पर्दछ । यो हाम्रो घाँटीमा हुने ग्रन्थि हो । यसले शरीरलाई चाहिने तत्व विभिन्न अंग कोषिकामा पुर्याउने सहयोग गर्छ ।

खानपिनको गडबढी अथवा कमी तथा बन्दा–काउली धेरै खाएर थाइराइड लाग्छ भन्ने विश्वास छ । बन्दा–काउली धेरै खाएर यो रोग लाग्दैन । यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थिको भाइरल इन्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ । थाइराइडका रोग पनि तीन किसिमका हुन्छन्– थाइराइड ग्रन्थिको काम गर्ने रोग, थाइराइड ग्रन्थिले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थिको क्यान्सर आदि हुने रोग । रोगअनुसार लक्षण पनि फरक फरक हुने गर्दछ ।

थाइराइड ग्रन्थिले कम काम गर्ने रोगका लक्षणहरू

शरीर गलेको महसुस हुने, शरीर सुन्निने, कपाल झर्ने, निद्रा नलाग्ने वा बढी लाग्ने, महिनावारीमा गडबढी आउने, गलगाँड निस्कने, तौल बढ्ने आदि ।

थाइराइड ग्रन्थिले बढी काम गर्ने रोगका लक्षणहरू

तौल घट्दै जाने शरीर तातो हुने, निद्रा नलाग्ने, बढी रिस उठ्ने, मुटुको धड्कन बढेजस्तो हुने, चिडचिड पसिना आउने आदि ।

थाइराइड ग्रन्थिको क्यान्सरका लक्षण

गलगाँड छिटोछिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु आदि ।

खाना बार्नुपर्छ कि पर्दैन र?

थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन । सुरुसुरुमा आयोडिनको कमीले गर्दा गलगाँडको समस्यालाई बन्दा, काउली बानुपर्दछ भनिन्थ्यो । तर अहिले देखिने थाइराइडको समस्यालाई खाना केही पनि बार्नु पर्दैन ।

उपचार विधि

थाइराइड ग्रन्थिले बढी काम गर्ने रोग देखिएमा कम्तीमा १२ देखि १८ महिनासम्म औषधि खानुपर्दछ । हर्मन कमीको समस्यालाई ट्याब्लेटबाट निको पार्न सकिन्छ । हर्मोन बढीको समस्यालाई दुईवटा उपचार विधि रहेका छन्– औषधि खाने एवं ग्रन्थि सुकाउने आदि । थाइराइड ग्रन्थिको क्यान्सर भएमा शल्यक्रिया गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer