गृहपृष्ठ सुतेको बेलामा घुर्ने समस्या छ ? यसरी हटाउनुस

सुतेको बेलामा घुर्ने समस्या छ ? यसरी हटाउनुस

manakamana-ad-Singlepage Below Next & Previous

कतिपय मानिसहरुमा सुतेको बेलामा घुर्ने समस्या रहेको हुन्छ ।घुर्ने समस्या कसरी हुन्छ र कसरी हटाउन सकिन्छ भन्ने बारेमा हामिले उपयोगी सामाग्री पस्किएका छौ । यो जानकारी धेरै भन्दा धेरै साथिकोमा लैजानको लागि सेयर गर्न नभुल्नु होला

घुर्ने समस्या कसरी सुरु हुन्छ?
— घुर्नुका धेरै कारण हुन सक्छन l कसैको तर्कुला (uvula) ठुलो छ वा उत्तानो फर्केर सुत्दा तर्कुला अलि बढी झोल्लिन्छ र सास लिन र फाल्नमा बाधा पार्छ भने कंपन (Vibration) पैदा हुन सक्छ जसले गर्दा घुराई सुरु हुन्छ l कसैको हावा नाक भित्रबाट हुँदै तल फोक्सोसम्म (चित्रमा निलो रेखा हेर्नुहोस) जाने दुरीमा कुनै पनि भागमा मांशपेशी झुल्लिदा घुर्ने समस्या हुन्छ l कसैको रुघा लाग्दा, पिनास हुँदा, नाक भित्रको हड्डी बाङ्गिदा वा अन्य कारणले नाक भित्र बाधा पार्दा घुराई सुरु हुन्छ l कसैको च्यापु सानो छ भने वा च्यापु माथिको अनुहारको तुलनामा भित्र छिरेको छ भने भित्रको अंग पनि हल्का पछाडी सरेको हुनाले राती पल्टदा हावा भित्र-बाहिर गर्नमा बाधा हुनाले घुर्ने सुरु हुन्छ l कसैको सुत्दा जिब्रोको मासु (जिब्रोको पूर्ण मांशपेशीको भाग हामीले बाहिरबाट देख्ने भन्दा निकै ठुलो हुन्छ, चित्रको रातो रेखाहरुको भाग) पछाडी पट्टि धेरै सर्ने कारणले माथिबाट आएको हावालाई रोकिदिने हुँदा पनि घुर्ने सुरु हुन्छ l कसैको मोटोपन बढेका कारण घाँटीमा बोसो (तल्लो चित्रको हरियो रेखाले देखाएको पहेंलो भाग) बढेका कारण सास लिदा फाल्दा बाधा पुगेर घुर्ने समस्या सुरु हुन्छ l अन्य धेरै कारण पनि हुन सक्छन l

घुर्ने समस्याको उपचार कसरी गर्ने?
— प्राय घुर्ने समस्या उत्तानो नसुती दायाँ वा बायाँ फर्किएर सुत्दा ठिक हुन्छ l यसो गर्दा भएन भने उपचार गर्नको लागि के कारणले, स्वास-प्रस्वाश प्रणालीमा कहाँ निर समस्या दिएको छ त्यो थाह पाउनु पर्ने हुन्छ l
— नाक बन्द हुने (बाझिने) कारणको लागि: राती सुत्नु अगाडी नुन-पानीको स्प्रेले नाक भित्रैसम्म सफा गरेर सुत्नुस l यसो गर्दा पनि भएन भने steroid spray प्रयोग गर्नुस (औषधिको नाम देश अनुसार फरक हुन्छन)
— नाकको भित्रि हड्डी बाङ्गिएको (deviated nasal septum) कारण: ENT doctor को मा गएर सल्लाह लिनुस l अप्रेशन गर्नु पर्ने हुन सक्छ l
— सुत्ने बेलामा नाकको भित्रि भाग अलि सांगुरिने (वा माथि भनिएको दुवै कारण भएको) तर समाधान हुन नसकेको वा ENT doctor संग भेट गर्न नसकेको अवस्थामा nasal strip (सुत्ने बेलामा नाकमाथि लगाउने टेप जसले नाक भित्र हावा छिर्न निक्लिन सजिलो बनाउछ), nasal breath aid/device (सुत्ने बेलामा नाक भित्र राखेर सुत्ने सानो प्लास्टिकको device)
— तर्कुला बढी झोल्लिने कारण वा बारम्बार tonsil सुन्निने कारण (tonsillitis= टन्सीलाईटिस्) भएमा: ENT doctor को मा गएर सल्लाह लिनुस l अप्रेशन गर्नु पर्ने हुन सक्छl
— तर्कुला आउने (भित्रि मुखको माथिल्लो पछाडीको) भाग soft palate मा समस्या भएर तर्कुला झुल्लिने भएमा ENT doctor ले pillar implant गरिदिन्छन l यो प्रबिधि नेपालमा सजिलै उपलब्ध छ छैन मलाई थाह भएन l
— च्यापु अलि सानो भएको वा भित्र धकेलिएको कारण वा जिब्रोको पछाडिको भाग पछाडी पट्टि लत्रिएको कारण हो भने mouth piece (mouth guard) प्रयोग गर्नु पर्छ l यो mouth guard घुर्ने समस्या वा sleep apnea लाई भनेर बनाएको हुनु पर्छ l
— मोटोपन भएर घांटीमा बोसो (चित्रमा हरियो संकेतले देखाएको पंहेलो भाग) जमेको कारण: तौल घटाउने, ७० केजीको आसपासमा राख्ने l
— जिब्रोको मांशपेशी पछाडी झोल्लीएर भएमा वा माथिका सम्पूर्ण उपाय समाधान गर्दा पनि भएन भने C-pap मशिनको प्रयोग गर्नु पर्छ प्रत्येक रात l

टक टु डाकटर कल्याण फेसबुक पेजबाट साभार

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer