गृहपृष्ठ यसरी सुरु भयो बुवाको मुख हेर्ने चलन, जानीराखौ भित्री कुरो ।

यसरी सुरु भयो बुवाको मुख हेर्ने चलन, जानीराखौ भित्री कुरो ।

manakamana-ad-Singlepage Below Next & Previous

शास्त्रहरूमा बुबाको मुख हेर्ने चलन छैन | पितृगणहरूलाई तर्पण दिने आज्ञा छ | तर बाबुलाई स्मरण गर्ने यो चलन अत्यन्त महत्वपूर्ण छ | पहिले काठमाडौं उपत्यकामा मात्र प्रचलित यो रूढ़ी पर्व मिडियाका कारण देशब्यापी बनेको छ | राम्रो कुराहरू बढेकै राम्रो | आमाको मुख हेर्ने चलनझैँ बाबुको मुख हेर्ने चलन पनि बढेको छ |

मृत्यु भएका बुबाका लागि श्रद्धाञ्जली दिन सजिलो छ | उनी प्रतिक्रिया बिहिन हुन्छन् | आफ्नो सुखदुख सुनाउन सक्दैनन् | तर जीवित आमाबुवाहरू बोल्न, सुन्न र दुखसुखको अनुभव साटासाट गर्न सक्छन् | हाम्रो शरीर बुबा र आमाको रगतबाट बनेको हो | सबैको अनुभव पिताका विषयमा सुखद नहुन सक्छ | तर पिताबाट नै यो शरीरको निर्माण भएको हो | यो सत्यलाई निवारण गर्न सकिन्न | सबैका पिता असल नहुन सक्छन् | यसले अपमान गर्ने अधिकार प्राप्त हुँदैन | उनी असल पिता बन्न सकेनन् भने हामी असल पुत्र वन्नुपर्छ |

मिठो र आदरपूर्ण बोली, वस्ने आशन, एक गिलास पानी र कुशलताको प्रश्न सबैका लागि सुलभ छ | तपाईंका बुवाले तपाईंको प्रतिक्षा गरिरहेको हुन सक्छ | तपाईं जहाँ भए पनि सबै कुरा विर्सेर एक पटक फोन अवस्य गर्ने प्रयत्न गर्नुहोला | यदि तपाईं आफ्नो पितासंग बस्नु हुन्छ भने विहानै उठेर पाउँमा आफ्नो शिर राखिदिनु होला | यदि पिता अत्यन्त बृद्ध र अशक्त हुनुहुछ भने स-परिवार एकैछिन पितासंग बसेर सुखदुखको कुरा गर्नु उचित हुन्छ | जीवनको एउटा अवस्थामा हरेक पिताहरू छोराचोरीको प्रेमका भोका हुन्छन् | उनीहरूलाई संसारको कुनै पनि बस्तुले सन्तोष दिन सक्दैन | छोरोछोरीको एउटा मिठो बोली पिताको लागि अनन्त सन्तोष हुनसक्छ | आनन्दको स्रोत हुन सक्छ | अन्तिम समयको सुखद अनुभूति हुन सक्छ |

हामी सनातन हिन्दू धर्मका पहरेदार हौँ | हामीके आफ्ना चाडवाडहरूको सम्मान नगरे कसैले गर्दैन | आफ्ना बालबालिकालाई यो लेख पढेर सुनाउँ | आफ्ना बुवाको सम्मान कसरी गर्न सकिन्छ भन्ने कुरा आफैले आफ्ना पिताको सम्मान गरेर सिकाउँ | हामीले आफ्ना बुवाको सम्मान गरे, हाम्रा बालबालिकाले हाम्रो आदर गर्ने छन् | सबै चालचलन रुढी हुँदैनन् | सबै रितिरिवाज अन्धविश्वास हुँदैनन् | कुशमा पानीमा अक्सिजन मिलाउने अपूर्व क्षमता हुन्छ भने मातापिताबाट हाम्रो यो शरीर निर्मित भएको हो | अनि, कुशेऔशी मान्न र बुबाको मुख हेर्न के को समस्या ? बुबाको मुख हेर्ने चाड मनाउनु भन्दा पनि पिताको सुखदुखमा सहयोगी बनेर बढी सम्मान गर्न सकिन्छ भन्ने कुरा नै आजको संकल्पको विषय बन्नुपर्छ |

अन्त्यमा, शास्त्रमा भनिएको छ : अभिवादन नमन गर्ने, सधैं बृद्धहरूको सम्मान गर्नेहरूमा आयु, विद्या, बल र यशको निरन्तर वृद्धि भैरहन्छ | अत: आफ्ना वुबाआमाको सम्मान गरौँ र आफ्नो सम्मानित भविष्य सुनिश्चित गरौँ | बाबु ख्वाउने औशी सबैको लागि हाम्रो बाबुसंगको हाम्रो सम्वन्ध अझै बलियो, प्रेममय र आदर्शमय बनोन् | सबै वुबाहरूले छोराछोरीबाट पूर्ण प्रेम मिलोस् | छोराछोरी र बाबुआमाको मधुर प्रेम भएको हाम्रो घर परिवार बनोस् | कुनै पनि आमाबुवाहरू छोराछोरीको कारणले दुखी नहोउन्

विभिन्न सम्बन्धीत अनलाइन सामाग्रीको सहयोगमा

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer