नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिषयले आजको प्रतिनिधीसभाको बैठक तातेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारी नाम भेटिए पछि यो बिषय पनि संसदमा प्रवेश गरेर चर्र्किएको छ ।
बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको गम्भिर आरोप लागे पछि माओवादी केन्द्रको कोटाबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजिनामा दिनु परेको रन्कोमा रहको माओवादी केन्द्रले संसदमै यो बिषयलाई मसाला बनाउँन खोज्यो ।
गभर्नर अधिकारी प्रति काग्रेस र माओवादीका सांसदहरु कति सम्म उग्र भएर बसेका रहेछन् भन्ने दृश्य आजको प्रतिनिधीसभाको बैठकमा देख्न सकिन्थ्यो । एम अधिकारी भनेको महाप्रसाद अधिकारीनै हो भन्दै बर्खास्ती देखी छानबिन सम्मको माग मात्रै सदनमा उठेन गभर्नर अधिकारीले सेयर बजार लगानीकर्तालाई आतंकित बनाएको भन्दै गभर्नरनको बोलीमा ठेगान लगाउँनु पर्ने आवाज समेत संसदमा उठ्यो ।
नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गभर्नर जस्तो मान्छेले कुनै पार्टीको सल्लाहाकार भएर अहिलेको सरकारलाई सहयोग नगरी यो सरकार श्रीलंका जस्तो हुन्छ, अब टाट पल्टिन्छ भनेर निजी क्षेत्रलाई हतोत्साही बनाएको बताए । उनले शेयर मार्केटका ४० लाख मानिसहरुलाई हतोत्साही गर्ने, शेयर मार्केटलाई आतंकित पार्ने काम गभर्नर अधिकारीले गरेको बताए ।
उनले गभर्नर अधिकारीको जथाभावी बोल्ने र नागरिकहरुलाई आतंकित बनाउने काम रोक्न सभामुख अग्नि सापकोटालाई रुलिङ गर्न माग गरे । उनले राज्यको जिम्मेवार व्यक्तिले व्यापारी, नागरिक सबैलाई आतंकित गरेकोले त्यसलाई बन्द गर्न माग गरे ।
अर्थतन्त्रको पुरै जिम्मेवारी लिएको गभर्नर आफैले मुलुक श्रीलंका तर्फ जाँदैछ भनेको प्रति आपत्ति जनाए । उनले जिम्मेवार व्यक्तिले छिमेकी देशको नाम लिएर नेपालको अवस्था चित्रण गर्न खोज्नु कुटनीतिक हिसावले पनि ठिक नभएको बताए ।
यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्रबैँक जस्तो देशको अर्थतन्त्र सम्हाल्ने संस्थाको प्रमुख गभर्नर महाप्रसाद अधिकारी एमालेमा आवद्ध हुनु राष्ट्र बैंक ऐन, कर्मचारी नियमावलीका विपरित रहेको बताइन् ।
उनले भनिन्–‘एकातर्फ हामी देशको अर्थतन्त्र बिग्रियो भनेर चिन्ता गरिरहेका छौँ अर्कोतिर कसका कारणले यस्तो भएको भनेर आरोप प्रत्यारोपमा लागिरहेका छौँ । त्यसले गम्भीर रुप पनि लिएको छ । अर्कोतिर राष्ट्र बैंकका प्रमुख राजनीतिक दलमा आवद्ध भएका छन् । कुनैपनि ब्यक्ति राजनीतिक दलमा लागेपछि सो पार्टीको निर्देशन मान्नुपर्छ, दलको आलोचना अनुशासन पालना गर्नुपर्छ । गभर्नर जस्तो व्यक्ति कुनैपनि दलको सदस्यको रुपमा बस्दा उहाँले यो सरकारको निर्देशन पालना गर्नुहुन्छ कि प्रतिपक्षी दल एमालेको ?
उनले अहिले अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइरहेको बताउँदै गभर्नर अधिकारीमाथि गम्भीर ढंगले छानविन गर्न माग गर्दै दोषी उपर कारवाही गर्न माग गरिन् ।
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...
एनआईसी एशिया बैंकद्वारा ‘शेयर लोन’ योजना सार्वजनिक: शून्य प्रिमियम र प्रतिस्पर्धी ब्याजदरको आकर्षक सुविधा
एनआईसी एशिया बैंकले लगानीकर्ताहरूलाई लक्षित गर्दै ‘एनआईसी एशिया शेयर लोन’ नामक आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। शून्य प्रिमियम सुविधा, प्रतिस्पर्धी ब्याजदर, छिटो सेवा र पारदर्शी प्रक्रियासहित ल्याइएका कारण...
सुनको भाउ नाघ्यो साढे २ लाख
सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको...
एक तोला सुनको मुल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ
आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो...
तोलाकै ११ हजार ६ सयले घट्यो सुनको भाउ
तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय...
सुनको भाउले नाघ्यो २ लाख ४० हजार
सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २...
आफ्नो खातामा ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूले बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेको...
अब दैनिक २५ केजी सुन नेपाल ल्याउन सकिने
नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल...
काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा
काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...
सरकारको ऋण करिब साढे २७ खर्ब नजिक
नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना ९भदौ मसान्त० सम्ममा यो आँकडा पुगेको हो।...
अनावश्यक खर्च हटाउन भत्ता कटौती, पुराना सामग्री प्रयोग गर्न अर्थमन्त्रिको निर्देशन
सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन,...
एक तोला सुनको मुल्य २ लाख १५ हजार २ सय रुपैयाँ
बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ ।...
शेयर बजारमा नेगेटिभ सर्किट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेगेटिभ सर्किट लागेको छ । जेन जी आन्दोलनका कारण रोकिएको शेयर बजार बिहीबार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो । नेप्सेका अनुसार कारोबार शुरु भएको...
तोलामै २ लाख ७ हजार नाघ्यो सुनको मुल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख...
२ लाख नाघ्यो सुनको मुल्य
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ...
उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन
जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...
सुनचाँदीको मूल्य बढ्यो
नेपाली बजारमा शुक्रबार ९भदौ ६ गते० सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलाको...
सुनको मूल्य तोलामा १३ सयले बढ्यो
नेपाली बजारमा बिहीबार (भदौ ५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य...
बढ्यो सुन चाँदिको भाउ
बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...