देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र त्यसको को भट्टिमा खारिएका मार्गदर्शनका सिद्धान्तनिष्ठ कर्मठ कार्यकर्ताको संख्या लगभग आठ लाख हाराहारी छन, त्यसमध्ये ४०% तामाका मुना सरह भर्भराउदा युवा युवतीको उर्जशिल जमात सहितको रहर लाग्दो पंक्ति छ।
मनमोहनको आदर्श, मदनको सिर्जनात्मक सिद्धान्त र केपि ओलिको चट्टानी अडानबाट सिंचित साँच्चिकै उर्वर र बहुआयामिक दुरदर्शिता सहितको सामाजिक सभ्यता,साँस्कृतिक एकता वैचारिक बिद्वताको संगमस्थल, देशको कम्युनिस्ट आन्दोलन को मुल प्रवाह,वृद्ध बृध्दाहरुको सहाय,गाउँ गाउँमा बजेट्को मुहान खोल्ने मात्र होइन, जातियता बिखण्डनको जालो होस या भुगोल बिखण्डनको षडयन्त्र सजिलै चिर्न सक्ने पार्टी, नयाँ संबिधान जारी तथा सफल कार्यान्वयन को प्रमुख सम्बाहक, देश र जनताको अगृणी मोर्चा, असल छिमेकीको असल मित्र, हेपाहा र मिचाहा छिमेकीको लागि सन्तुलित कुटनैतिक चातुर्यता सहितको चट्टानी अडान , देशको सिमा रक्षाको सहि पहरेदार, बिधिको शासन,कानुनि राज्य, बहुलवादी खुल्ला समाज,आवधिक निर्वाचन, कार्यकर्ता द्वारा अनुमोदित नेतृत्व र जनताद्वारा अनुमोदित सरकार, एमालेको मुल मर्म हुन ।
देश जनसंख्या र भुगोलका आधारमा सानो ठूलो हुनसक्छ,तर कुनै पनि देशको सार्वभौमिकता र राष्ट्रियता सानोठुलो हुन सक्दैन भन्ने कालजयी उद्घोष गर्दै सत्येमेव जयतेको पाठ पढाउन सक्ने नेतृत्व समयले नेकपा एमालेमा स्थापित गरिदिएको छ।
आफ्नो नेतृत्वमा सरकारमा रहदाको समय देशव्यापी रुपमा ३९६ पालिका अस्पताल , निर्वाचन क्षेत्रीय सडक, गौतम बुद्ध अन्तराष्टिय बिमानस्थल ,धरहरा र रानिपोखरिको पुनर्निर्माण नागढुङा नौबिषे सुरुङमार्ग, सुनकोशी मरिन ड्राइभर्शन,भेरी बबै ड्राइभर्शन, जस्ता बहुआयामिक परियोजना,असंगठित मजदुरका लागि सामाजिक सुरक्षा कोष ,आम नेपाली परिवारका लागी स्वास्थ्य बिमा कार्यक्रम, तुइन युगको अन्त्य , डिजिटल नेपालको शुरुवात , मुलुकलाइ सुरुङ युगमा प्रवेश, वैदेशिक हस्ताक्षेपका बावजुद उत्तर दक्षिण पारवहन सन्धी र चुच्चे नक्सा आज पनि देशको इतिहासमा एमाले नेतृत्व मा देशले प्राप्त गरेका जिवन्त उपलब्धी इतिहासको पानामा स्वर्णिम अक्षरमा सधैं जिवित रहि रहनेछन ।
यति भै सक्दा गरिबी रोग भोक,अभाव र शैक्षिक बेरोजगारी विरुद्ध को लडाइँ जिवन्त थियो र आज पर्यन्त छ,भोलिका लागी जिवन्त छ र लड्नु पर्छ ।अलिकति बिगत तर्फ फर्किएर थोरै समिक्षा गरौं ।जननेता मदन भण्डारिको रहस्यमय हत्यापछी एमालेको सम्पुर्ण कार्यकारिणी अधिकार सहितको नेतृत्वदायी भुमिकामा १४ बर्ष माधव नेपाल र ७ बर्ष झलनाथ खनाल आसिन रहे, यो अवधिमा पार्टीको दवावमुलक र जवरजस्त रुपमा थोपरिएका एकाध एजेन्डा बाहेक या त नेपाली काङ्ग्रेसको बैशाखी या त माओबादिको कठपुतलिको भुमिकामा एमालेका बिसबर्षे स्वर्णिम समय बिनासित्तिमा बिते, माथी उल्लेख गरिए जस्ता आम पार्टी पंक्ति मर्माहत भयो, पार्टी भित्रै उकुसमुकुस भएर रहे ।
२०७० सालको दोस्रो संबिधानसभा निर्वाचन पछि संसदीय दलको नेता, २०७१ को नवौं महाधिवेशन बाट पार्टी अध्यक्ष र नयाँ संबिधान जारी पछि २०७२ सालमा नेपालको प्रधानमन्त्री मा निर्वाचित हुँदै राष्ट्रिय स्वाभिमानको सतिसाल क केपि ओलिको उदय भयो, उग्रवामपन्थी र दक्षिण पन्थी हरु केपि ओलिको चट्टानी अडान,दुरदर्शिता र सुजबुझपुर्ण चातुर्य नेतृत्वदायी भुमिका को कारण रक्षात्मक अवस्थामा पुगे । अझ माओवादी त आफ्नो अलग्गै व्यापार बजारमा न बिक्ने देखेपछि एमाले सँग चुनावी तालमेल सहित पार्टी एकता गर्न आइपुग्यो , आम निर्वाचन २०७४ मा एकीकृत कम्युनिस्ट पार्टी ले बहुमत प्राप्त गर्यो, त्यहि पार्टीको संसदीय दलका नेता क केपि ओलि प्रधानमन्त्री नियुक्त हुनुभयो ।
समृद्ध नेपालको खाका तयार हुँदै थियो ,राष्ट्र संघको सुचिमा नेपाल अल्पबिकशित मुलुक बाट बिकाशिल मुलुकको सुचिमा सुचिकृत हुँदै थियो , एमाले अध्यक्ष क केपि ओलि नेतृत्व मा देश थियो, कमजोरी र समस्या हरु जरुर थिए , तथापि व्यवस्थापन गर्नै न सक्ने अवस्था भने होइन, तर कुण्ठित र लाभका पदबिना न बाँच्ने माधव झलनाथ बामदेव हरु, सत्ता भित्र पारिवारिक रसस्वादनमा मात्र गणतन्त्र देख्ने प्रचण्ड हरुले इतिहासमा भुल्नै न सक्ने गरि घट्नाक्रमलाइ यसरी भ्रामक तवरले बिकास गराउन पुगे कि , पारिवारिक सत्ता स्वादमा रमाउन पल्किएका प्रचण्ड प्रवृत्ति र छलकपटी तवरले सत्ता लिप्साका अनुयायी लम्पट माकुने प्रवृत्तिका घाँटी एकापसमा जोडियो ,देश दुर्घटना तर्फ उन्मुख भयो,आफनै पार्टीको प्रधानमन्त्री बिरुद्ध संसदीय दलमा छलफल समेत न गरि ८० जना सांसद को हस्ताक्षर सहित सदनमा अबिस्वासको प्रस्ताव दर्ता गरियो र दशकौंदेखि इमानदार र कर्मठ कार्यकर्ताको रगत ,पसिना र हज्जारौं शहिदहरुको बलिदान बाट निर्मित पार्टी र सरकार एकैपटक कब्जा गर्ने कुटिल षड्यन्त्रको प्रपन्च रचियो ।
यो प्रपन्च बुझ्न क केपि ओलिलाइ कुनै समय लागेन, पार्टी लाई सुरक्षीत अवतरण गरि सरकार गुमाउनु उपयुक्त हुने बुझेको एमाले सत्ताबाट बाहिरियो जनताको प्रिय पार्टी एमालेलाइ बर्बाद हुन बाट जोगायो,जुन कुरा पार्टी अध्यक्ष क केपि ओलिको सुझबुझ पुर्ण र दुरदर्शि निर्णय बाट संभव भएको थियो, जसलाई एमाले पंक्ति ले सधैं सम्झी रहने छ ।
यतिले न पुगेर एमाले माथी अर्को आक्रमण गरियो, अध्यादेशको कपटपूर्ण पाशा प्रयोग गरि पार्टी बिभाजन गराइयो , पार्टी बिभाजनको खुशियलिमा माधव नेपाल, झलनाथ,प्रचण्ड र बाबुराम हरुले इण्डियन दूतावासमा रक्सी भोज खाएर बिजयौत्सव मनाए ।
यति गरि सक्दा पनि एमाले र यसको नेतृत्व माथी पार्टी भित्रका शकुनिहरु र अवान्छित तत्व हरुको आक्रमणको सिकार नेकपा एमाले आज पर्यन्त छ । २०७९ को तिनै तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको विरुद्ध एमाले एक्लै मैदानमा उत्रियो, संसारमा यस्ता राजनितिक घटना बिरलै पाइन्छन् जहाँ प्रतिपक्षी दल विरुद्ध सत्ता पक्षीय पाँच दलिय गठबन्धन १ तर नेपालमा त्यो पनि भयो,पाँच दलिय गठबन्धन एमाले मुक्त संसद चाहन्थ्यो तिनै तहको निर्वाचन मा एमालेलाइ निषेध गर्न चाहन्थ्यो, तर जनताको अपार माया र समर्थनले एमालेलाइ तिनै तहको संसदमा सशक्त शक्तिशाली बनाएर स्थापित गरिदियो।
पार्टी फुटाएर एमालेको सर्वनाश हेर्न चाहने बिखण्डनकारी ,गद्दार र शिखण्डिहरुलाइ जनमतले ध्वस्त बनायो, कथित मित्र शक्ति भनिने माओबादिलाइ धुलो चटायो,तै पनि काग्रेसको खुट्टामा लत्पतिएको धुलोमिश्रित अबिर निधारमा पोतेर बिजयको नखरा बजाउन न पाउँदै फेरि अमिलो र झोल घोप्ट्याएको हरियो अनुहार लिएर बालकोटको दैलो चाहर्न पुगेका प्रचण्ड लाई माफी दिनु एमालेले उपयुक्त सम्झियो र तत्काल प्रधानमन्त्री को कुर्सीमा आसिन गरायो, तर कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्रामा राखे पनि बाङ्गै भने जस्तै प्रचण्ड को असलि पुच्छर फेरि बाङ्गियो, पटकपटक मित्र शक्ति भनिएको प्रचण्डले धोका दिदै पछाडी बाट छुरा धस्ने काम पछि एमालेले आफ्नो रणनीति परिवर्तन गर्यो, यो देशको अस्थिरता को उपज नै प्रचण्ड हो भन्ने ठहर पछि सबैभन्दा पहिला उसलाई काङ्ग्रेसको काँध बाट खसाल्नु थियो, त्यो काम पहिलो चरण मा पूरा गर्यो, र दोस्रो चरणमा जसरी काङ्ग्रेसको काँधमा बसेर एमालेलाइ सिध्याउन प्रचण्ड उद्दत थिए ,’आइरन कट्स द आइरन’ भने झै त्यही सुत्र प्रयोग गर्यो, प्रचण्डलाई सत्ताच्युत गर्यो र आफ्नै नेतृत्वमा संघीय सरकार गठन गर्यो।
प्रचण्ड माधव लगायतका शकुनिहरु गठबन्धनका बलमा एमालेलाई निर्वाचनको माध्यम द्वारा संसदमा निषेध चाहन्थे, तर एमालेका निष्ठावान नेता कार्यकर्ताहरुले पार्टी लाइ तिनै तहको निर्वाचनमा रत्न रुपी सावित बनाए, जनताको जनमतको बलमा एमाले सशक्त रुपमा उपस्थित भयो , र अन्तत त्यही गठबन्धनको मुख्य घटकको समर्थनमा क केपि ओलिको नेतृत्वमा संघीय सरकार बन्यो, यो कोर्ष पूरा गरि सक्दा क केपि ओलि नेतृत्वमा रहेको नेकपा एमालेले षड्यन्त्रकारी,बिदेशी कठ्पुतली र झेली शकुनिहरु को फलामे जन्जिर हरु चुँडाल्यो, षड्यन्त्रको जालो र घेरा तोड्यो र आफुलाइ बाघ संगठनको रुपमा स्थापित गर्यो, र इतिहासमा राजनितिक कोर्षको अर्को एक दिगबिजय हसिल गर्यो ।
आज नेकपा एमालेका श्रदेय अध्यक्ष क केपी शर्मा ओलि प्रधानमन्त्री हुनुहुन्छ, बिगतमा प्रधानमन्त्री भएर काम गरेको पुरानो अनुभव छ, सामाजिक संजालमा युवाहरु जत्तिकै कृयशिल हुनुहुन्छ, भुइँमा झरेको आवाज सजिलै बुझ्न,टिप्न र समस्याहरु सँग छिटोछरितो सामना गर्न सक्ने खुबि कुनै युवा नेताको भन्दा अब्बल हुनुहुन्छ,।
तर पछिल्लो समयमा देखिएका घट्नाक्रमहरु, राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री का बारेमा जे हल्ला चलाइयो, महिला साफ च्यम्पियनसिप नेपाल बाङलादेश बिचको फाइनल फुटबल खेल पछि दशरथ रंगशाला मा जे देखियो र सुनियो । यो कुनै जन आक्रोश मात्र मान्न सकिदैन , देशको प्रधानमन्त्री विरुद्ध को यो हर्कत कुनै मानेमा क्ष्यम्य हुन सक्दैन ।
यो देशमा कानुन छ, सत्यता छ , जनताको भावना छ , तर के यो गतिविधि र हर्कत देखाउने हरु पशुपतिमा डामेर छोडेका साँढेहरु हुन रु एमालेका युवा विद्यार्थी हरु के गर्दै छन रु एमालेको सिङ्गो पार्टी पंक्ति के गर्दै छ रु यदि सत्यताको भन्ने छ भने यो अराजकतालाई खबरदारी गरौं , कानुन बिपरित गतिविधिमा संलग्न लाई कानुनी दायरामा ल्याँउ, भ्रमका खेती गर्नेहरुका भ्रमका पर्दा हरु च्यातौ र सत्य के हो देखाउ, यी प्रश्न हरुको उत्तर आफै भित्र खोजी गरौ,के भिम उपाध्याय हरु सामाजिक संजालका छाडा साँढेहरु हुन रु सत्ताबाट बाहिरिएको पीडा पोख्न माओबादिलाइ सबै छुट हुने हो ?
यसले हाम्रा सामु अनगिन्ती ताजा प्रश्न हरु खडा गरि दिएको छ,अलिकती छलफल गरौ। हाम्रो समाज कता जाँदै छ ?के यी अराजक शैलिका आवाज हाम्रो सामाजिक संस्कार र सभ्यता बोकेकाहरुको प्रतिबिम्बित आवाज हो रु अर्थात रोग,भोक,गरिबी,अभाव र शैक्षिक बेरोजगारी विरुद्धमा यो आवाज केन्दृत हो रुकिन एमाले नेतृत्व माथी नै यसरी निर्मम आक्रमण गरिन्छ?
बिगत ३२ बर्ष देखी मुलुकमा भएका अनगिन्ती बिसङगती र बेथिति को एक्लो भागिदार एमाले र त्यसको अध्यक्ष केपि ओलि मात्रै हो ?के २०४६ पछि माधव झलनाथ हरुले पार्टी लाई अनिर्णयको बन्दि बनाएको सजाय आजको एमाले र केपि कमरेड बेहोर्नु पर्ने हो ?
अर्थात यदि पर्ने नै हो भने आजको एमालेले कति प्रतिशत जिम्मा लिनु पर्ने हो, त्यसको लागि एमाले तयार हुनु पनि पर्दछ । तर बिगतमा लामो इतिहास बोकेको नेकपा एमालेले उल्लेखित अनिगिन्ती यक्ष प्रश्न हरुको जवाफ बिचारधात्मक रुपको कसिमा पटकपटक रगडिएर आफुलाइ प्रमाणित गरेको छ, इतिहासमा थुप्रै आरोह अवरोह हरु पार गरेको छ, दशबर्षे हिंसात्मक द्वन्द होस या त्यो भन्दा अगाडिदेखि उ माथी भ्रमपुर्ण अराजकता पुर्ण र संगिन आरोप र आक्रमणको जालो बैचारिक लडाइको धारिलो हतियार बाट सहजै पराजित गर्दै आएको छ ।
आगामी दिनका लागि पनि उसले आफुलाइ त्यसै गरि तयारी अबस्थामा राख्नु पर्छ । समय अनुकुल आफुलाइ रुपान्तरण गर्न सक्ने खुबी भएको नेपालमा आज पनि कुनै संगठन छ भने त्यो नेकपा एमाले नै हो । फेरि एक पटक आजको दिनमा एमाले माथी चौतर्फी हमलाको लागि बिबिध प्रोपोगन्डा सहित शुरु भएको छ । सत्ता गुमाउदाको पिडाले छटपटिएको माओबादी टुपिदेखिको बल झिकेर एमाले माथी खनिएको छ भने पश्चिमाका गोटिहरु नयाँ नयाँ पपुलरिज्मको नारा दिएर एमाले माथी भए भरको शक्ति लगाएर आक्रमण मा उद्वत छ ।
इतिहासमा फेरि एक पटक एमाले नयाँ चुनौतिको गम्भीर मोडमा उभिएको छ, यो गाम्भिर्यतालाइ मनन गर्दै अब एमालेले आफू सँगको धारिलो बैचारिक हतियार फेरि उजिल्याउनु पर्छ, खिया परेका नटबोल्टु तुरुन्तै फेर्नु पर्छ । खुकुलो भएकालाई टाइट गर्नु पर्छ, समय सँगै नयाँ चुनौतिको निम्ति नयाँ एमाले , त्यो नयाँ एमाले सारमा क्रान्तिकारी , शैलीमा लोकतान्त्रिक र बिचारमा प्रगतिशील अर्थात साँचो अर्थमा जनताको बहुदलीय जनवादी पार्टी , यहि हतियार एमालेका लागी संसार जित्न पर्याप्त हुनेछ ।
वास्तविक र बस्तुगत बिषय यहि हो कि देशको बर्तमान बिषम परिस्थितिमा यो देश र जनताको नेतृत्व गर्न आफै भित्र जकडिएको यथास्थितिवादि चिन्तन लिएको नेपाली काङ्ग्रेसले यो मुलुकलाइ नेतृत्व दिन सक्दैन , त्यस्तै हिंसात्मक बिद्रोहको पृष्ठभुमि बाट आएको अधैर्य, असहिष्णु ,अस्थिरता र उग्रवामपन्थी सोचमा रुमल्लिएको माओवादी ले पनि यो देश र जनताको नेतृत्व गर्न सक्दैन , र बैचारिक शुन्यता, उद्देश्य हिन लक्ष्य बिहिन र जन्मदै नैतिकहरामको चाङ बोकेर कथित पपुलारिज्मको नारा बोकेर आएको रास्वपा लगायत का शक्तिहरुले त झन संभावना नै हुन सक्दैन, ।
यसकारण ले पनि एमाले फेरि एक पटक नयाँ इतिहासका लागी उठ्नै पर्छ, भुत्ते हुँदै गएको बैचारिक धारलाई तीखो र धारिलो बनाउनै पर्छ, खिया लागेका नट बोल्टु फाल्नै पर्छ र नयाँ अभियानबाट बाट उर्जाशिल युवाहरूलाई नयाँ बिहानिको शंखघोष का साथ उदाउनु पर्छ , यो ऐतिहासिक क्षणमा उठाएको नयाँ उर्जाले एमालेलाइ युगान्तकारी नेताको रुपमा स्थापित गर्ने छ, र त्यसको अध्यक्ष क केपि ओलिलाइ नेपाली स्वभिमानको सतिसाल र युगान्तकारी नेतृत्व को रुपमा फेरि एक पटक स्थापित गर्ने छ।
संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...
‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’
पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...
‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’
स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...
काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा
काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...
उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन
जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...
‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...
एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...
एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...
सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य
सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...
मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा
पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...
‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...
‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...
‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...
अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...
‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...
सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...
‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...
‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...
नेपाली कांग्रेसमा गगन थापाको नयाँ गुट
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनलाई लक्षित गर्दै आफ्नै नयाँ गुट गठन गरेको खबरहरु बाहिरिएका छन्। उनलाई महामन्त्री विश्वप्रकाश शर्माको साथ रहेको छ। शेखर कोइरालासँगको सम्बन्ध चिसिएपछि थापाले...