स्थानिय तहको निर्वाचन मिति नजिक आइरहेको छ । यसै सन्दर्भमा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिको सर्कुलर बमोजिम १२ वटै पालिकाबाट प्रमुख , उपप्रमुख सहित वडा अध्यक्ष र सदस्य समेतका आकांक्षीहरुको नामवाली पालिका कमिटिहरुले जिल्ला कमिटिमा सिफारिस गरेर पठाएका छन् ।
सिन्धुपाल्चोकका १२ पालिका मध्ये निकै चासो पूर्वक हेरिएको मेलम्ची नगरपालिकामा एमालेबाट नगर प्रमुख र उप्रप्रमुख सहित १३ वटा वडाहरुमा कस्ता उमेदवारहरु चुनिने हुन् भन्दै चासो देखिन्छ । २०७४को स्थानिय तहको निर्वाचनमा १३ मध्ये ८ वटा वडा सहित प्रमुख, उपप्रमुख समेत जितेर सत्ता चलाएको एमालेले आफ्नो विरासत कायम राख्न सक्लाकी नसक्ला भनेर विपक्षीहरुले समेत मेलम्चीलाई नजिकबाट हेरिरहेका छन् ।
बदलिँदो राजनितिक परिवेश र एमाले विरुद्ध देशैभर गठबन्धन भइरहँदा एमाले बलियो शक्ति भएको मेलम्ची नगरपालिकामा विपक्षी पार्टीहरुले एमालेबाटबाट सत्ता खोस्न निकंै जोडबल लगाउँछन् भन्ने नजिक बाट बुझेको एमाले नेतृत्वले निकै सुझवुझका साथ आन्तरिक एकता बलियो बनाएर उमेदवार चयन गर्ने तयारी गरेको बताइन्छ ।
केहि दिन अघि बसेको एमाले मेलम्ची नगरकमिटिको विस्तारित बैठकमा मेयरमा ७ जना र उपमेयरमा ५ जनाले आकांक्षा राखेका थिए । सबै आकांक्षीहरुको नाम नगरकमिटिले जिल्ला कमिटिमा सिफारिस गरेर पठाएको छ । प्राप्त नामहरुलाई जिल्ला कमिटिले आवश्यक राय सहित प्रदेश कमिटिमा पठाउँने बताइएको छ ।
नगर प्रमुखमा बालकृष्ण देउजा , मित्रलाल चौलागाई,डम्बर अर्याल ,कृष्णगोपाल तामाङ, चिरन तामाङ, रुद्रप्रसाद दुलाल र ज्ञानेन्द्र श्रेष्ठले आकांक्षा व्यक्त गरेका छन् भने उपमेयरमा उमा प्रधान, सुनिता पराजुली, दुर्गादेबि चालीसे, भबानी श्रेष्ठ र शिवकुमारी सिग्देलले दाबेदारी प्रस्तुत गरेका छन् ।
मेयरमा आकांक्षा राखेका मध्ये सबैले आ आफुले टिकट पाउँनु पर्ने विभिन्न आधार कारण उल्लेख गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आकांक्षा राख्नेहरुको मध्ये यस पटक मेलम्चीको मेयरको टिकट बालकृष्ण देउजाको पोल्टामा जाने सम्भावना ज्यादा रहेको चर्चा राजनितीक बजारमा चलेको छ ।
अघिल्लो पटकको निर्वाचनमा पनि मेलम्चीको मेयरको प्रमुख आकांक्षी रहेका देउजा अन्तिममा व्याक हुनु परेको थियो , हाल एमाले वाग्मती प्रदेश कमिटिको सचिवालय सदस्य रहेका उनी स्थानिय विकासका सन्दर्भमा राम्रो दख्खल राख्ने , स्थानिय सरोकारमा बिषयमा खरो रुपमा उत्रने र जनस्तरमा घुलमिल भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।
एमाले अध्यक्ष केपी ओली निकट भनेर चिनिने देउजाले ओलीले प्रतिनिधिसभा विघठन गरेको तत्कालिन अवस्थामा ओलीको पक्षमा कमजोर भनेर चिनिएको सिन्धुपाल्चोकको जिल्ला अध्यक्षको रुपमा नेतृत्व गरेर एमाले र ओलीको पक्षमा माहोल बनाउँन ठूलो भूमिका खेलका थिए । संकटको बेलामा नेतृत्व दिएका उनलाई मेयरको टिकट दिन माथिल्लो नेतृत्व पनि सकारात्मक रहेको बताइन्छ ।
एमाले सिन्धुपाल्चोको केहि समय अघि सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा पनि अध्यक्षको प्रत्यासि रहेका देउजा अन्तिममा सहमतीका लागी बाधक नबन्ने भन्दै पछि हटेका थिए । कतिपयले मेलम्चीको मेयरको टिकटको ग्यारेण्टी भए पछि जिल्ला अध्यक्षको दौडबाट पछि हटेको बताउँने गरेका छन् तर देउजा उक्त कुरालाई अस्विकार गर्दछन् । मेयरको निकटका लागी सौदाबाजी गरेर पार्टी अध्यक्ष छोडेको भन्नेहरुलाई उनले एकपटक आफ्नो राजनितिक इतिहास पढ्न सुझाव दिएका छन् ।
जिल्ला अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष समेत रहेका एमाले स्थायि कमिटि सदस्य शेरबहादुर तामाङ लगायत अध्यक्ष मण्डलका सदस्य रहेका सबै नेताहरुले मेलम्चीको अबको मेयरको उमेदवार तपाईनै हो त्यस कारण तपाइको बढि समय नगरमै दिनु पर्छ भनेर जिल्ला अध्यक्षको दाबीबाट पछि हट्न आग्रह गरेको कुरा भने देउजाले स्विकार गरेका छन् ।
पाँच बर्ष जागिर खान नभइ सम्वृद्ध मेलम्चीको भिजन सहित विकासको मोडल देखाउँन आफु मेलम्चीको मेयरको आकांक्षी भएको देउजाको भनाइ छ । जनताको सुखदुखलाई नजिकबाट बुझेको भन्दै उनले मेलम्चीको समस्या र सम्भावनालाई आफुले नजिकबाट अध्ययन गरेको उनी बताउँछन् ।
पार्टी संगठनको बलमा आफुले निर्वाचन जित्ने र पार्टिले अघि सारेको साझा उदेश्य प्राप्तिका लागी काबिल नेतृत्व दिने क्षमता आफुमा रहेको दाबी गर्दै देउजाले यस पटक मेलम्ची मेयरको टिकट आफुले पाउँनेमा ढुक्क रहेको बताएका छन् । व्यक्तिगत रुपमा आफ्ना लागी मेयरको टिकट भन्दा पनि आज सम्म आफुले हासिँल गरेको योग्यता र क्षमतालाई मेलम्चीको विकास र सम्वृद्धिमा प्रयोग गर्ने भूमिका आफुले खोजको देउजाको भनाइ छ ।
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
न्यायिक समितिको सारथी : सर्वोत्कृष्ट पुस्तकका रूपमा सम्मानित
काठमाडौँ, श्रावण २७ गते नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा प्रकाशित कानुन तथा न्याय क्षेत्रका पुस्तकहरू मध्येबाट अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी...
संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...
नेपालतर्फ नजिकिँदै ‘मोन्था’ चक्रवात :कोसी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज (बुधबार) रातिदेखि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश...
काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा
काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...
फूलपातीको दिन रिलिज हुँदै ३ ठुला चलचित्र
दसैंको फूलपातीको अवसर पारेर यहीँ असोज १३ गते तीन प्रतिक्षित नेपाली चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । सोमबारदेखि प्रदर्शनमा आउने यी तीन चलचित्रको लागि देशभरका अधिकांश...
उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन
जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...
कैदीबन्दी झडपमा कैलाली कारागारमा एकको मृत्यु , ४८ जना घाइते
कैलाली जिल्ला कारागारमा १५० क्षमतामा ६९५ कैदीबन्दी राखिँदा पटक–पटक तनाव हुँदै आएकोमा, तीन अभियुक्तको सरुवापछि भएको झडपमा एक कैदीको मृत्यु र ४८ जना घाइते भएका छन्। झडपको आशंका बारे ५...
‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...
एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...
एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...
पछिल्लो एक बर्षमा विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १,४०१ नेपाली कामदारको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै मृत्यु २६ देखि...
क्यान्सरको ३७ प्रकारका औषधी निःशुल्क पाइने
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार – अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफको सहयोगमा अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक ३७ प्रकारका औषधीहरू सरकारमार्फत ४ अस्पतालबाट निःशुल्क उपलब्ध हुने भएका छन् । डाइरेक्ट...
सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य
सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...
“किन सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन?
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९७१ जनाले उच्चतम चार जीपीए प्राप्त गरेका छन्। नियमित परीक्षामा सहभागी...
काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र पेश गर्न सकेनन् बजेट
बालेन र हर्क सम्पाङका काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र बजेट पेश गर्न सकेनन् भने यसमा सबैभन्दा धेरै मधेश प्रदेशका (१६) नगरपालिकाहरु छन् र धेरैमा आन्तरिक...
खोला दोहनविरुद्ध बोल्दा रास्वपा नेतामाथि वडाध्यक्षले गरे रड प्रहार
स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियानमा सहभागी भएर फर्किरहेका रास्वपाका दुई नेतामाथि फलामको रड प्रहार गरी घाइते बनाएका छन्। घाइतेमध्ये दिनकर नेपालको हातको हड्डी क्र्याक भई...
ग्वार्कोको ओभरपास असार ६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ। ओभरपासको प्रमुख संरचनाहरू अहिले पूर्ण रूपमा तयार भइसकेका छन् भने आगामी असार ६ गतेदेखि ओभरपासबाट...
महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान १० रुपयाँको नोट आजदेखि चलनचल्तीमा
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि बजारमा...
मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा
पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...