
नेपाली काग्रेसको तर्फबाट उमेदवार बनेर काठमाडौँ महानगरपालिका वडा नम्बर १६को वडा अध्यक्षमा निर्वाचित भएका मुकुन्द रिजाल भाइरल वडा अध्यक्षका रुपमा चिनिन्छन् । दोस्रो कार्यकालका लागी वडा अध्यक्ष निर्वाचित भएका उनी सुरु देखिनै चर्चामा रहेका छन् ।
पहिलो पटक पाँच बर्ष वडा अध्यक्ष हुँदा पनि कतै नसुनिएको नाम दोस्रो पटक वडा अध्यक्ष हुने बेला देखिनै चर्चामा आएको छ । काठमाडौँका मेयर बालेन शाहले महानगरपालिकाको कार्यपालिका बैठक लाइभ गर्ने भनेर निर्णय गरि बैठक लाइभ गरिएकै दिन देखी मुकुन्द चर्चामा रहेका छन् ।
पहिलो दिनको बैठकमा नगर प्रमुख बालेनको अगाडी चर्को स्वरमा बोलेर बैठक कसरी चलाउँने सिकेर आउँनुस् भन्दै चर्किए पछि सुरु भएको मकुुन्दको चर्चा अनेक रुपमा हुने गरेको छ । कहिले कार्यकक्षमै टिकटक बनाएर त कहिले अरुनै कारणले उनी सँधै चर्चामा रहेका छन् । अहिले भने भाइरल वडा अध्यक्ष मुकुन्दको चर्चा फरक ढंगले भएको छ सबैले प्रशसां गर्ने गरी ।
काठमाडौँ महानगरपालिकाको पहिलो बैठकमा नगर प्रमुख बालेनसँग चर्काचर्की गरेका मुकुन्द त्यस यता बालेनको प्रमुख सहयोगीका रुपमा देखिएका छन् । हरेक बैठकमा उनले बालेनलाई सहगोग पुग्ने गरि बोलिरहेका छन् । केहि दिन अघि मात्रै बसेको काठमाडौँ महानगरपालिकाको नगरसभा बैठकमा उनले राखेको प्रस्तावे भने दुनियाँको मन जितेको छ ।
रिजालले नगरसभा बैठकमा लोकप्रिय कुरा गरेका छन् । उनले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरे । एकएक लोकप्रिय प्रस्ताव गरे पछि उनको प्रशंसा चुलिएको छ । मुकुन्दले गजबको प्रस्ताव ल्याएको भन्दै चर्चा परिचर्चा भइरहेको छ ।
केही वडाध्यक्षले जनप्रतिनिधहरुलाई औपचारिक पोशाक र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । औपचारिक पोशाक नलगाउँदा जनताले काठमाडौंका जनप्रतिनिधिलाई चिन्न नसकेको उनीहरुको गुनासो थियो । १६ नम्बरका वडाध्यक्ष रिजालले भने फरक विचार राखे । उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
रिजालले भने, ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ ।’
उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५/६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ
।
रिजालले थपे, ‘हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन । हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।
केपी ओली होइन खास प्रतिगामी भनेको शेरबहादुर देउवा हो :डा सुन्दरणी दिक्षित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिगामी भन्दै नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एस सहितका ८ दलले मोर्चाबन्दी गरेर गठबन्धन गर्न लागिरहेका बेला नागरिक...
काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...
शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...
हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...
नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !
प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...
प्रेम आले एमालेमा फर्कन तयार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...
प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट
पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...
राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !
प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...
चितवनबाट आयो प्रचण्डका लागी धक्का लाग्ने खबर !
मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने तयारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका लागी चितवनबाट दुखद खबर आएको छ ।...
देउवासँग शेखर पक्षले माग्यो ४० प्रतिशत भाग, नदिए वारकी पार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...
झापाबाट चुनाव लड्न डराए विश्वप्रकाश शर्मा , अबको प्रतिष्पर्धा काठमाडौँ ५मा इश्वर पोखरेलसँग !
नेपाली काग्रेसको १४ औँ महाधिवेशमा लोकप्रिप मत सहित महामन्त्री बन्न सफल भएका विश्वप्रकाश शर्मा संसदीय राजनितीमा भने अभागी साबित हुँदै आएका छन् । अहिले सम्म पनि चुनाव जितेर संसद...
शितल निवासबाट भर्खरै आएको खबरले राष्ट्रपती विद्यादेवी भण्डारीको प्रशंसा देशैभरी चुलियो !
पछिल्ला दिनमा विभिन्न कारण नेपाली जनताको चासो र ध्यान राष्ट्रपती भवन शितल निवास तिर मोडिएको छ । नागरिकता विद्ययेकमा शितल निवासबाट कस्तो खबर आउला भनेर पनी धेरैको चासो र...
बिचरा काग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसक्ने गरी बुढो भएछ :केपी ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र , नेकपा एस लगायतका दलसँग गठबन्धन गर्न ठिक परेर बसेको नेपाली काग्रेस प्रति कडा शब्दमा कटाक्ष गरेका छन्...
जसरी पनि देउवालाई चुनाव हराउँने गरि कर्ण मल्लले बनाएको मास्टर प्लान बाहिरियो !
नो नट अगेन भनेर स्वतस्फूर्त रुपमै पूर्व प्रधानमन्त्रीहरु देखी पटक पटक पदमा पुगेका र विवादित भएकाहरुलाई चुनाव हराउउँने अभियान सामाजिक संजालमा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई यस पटक जसरी...
एमालेले खोल्यो बाम गठबन्धनको ढोका, राजनितीले नयाँ कोर्ष लिने सम्भावना !
प्रमुख प्रतिपक्षी दल नेकपा एमाललाई एक्लो बनाएर ८ दलीय गठबन्धनको तयारी भइरहेका बेला कुनै पनि बेला राजनितिले नयाँ कोर्ष लिने सम्भावना देखिएको छ । नेकपा एमालेको एउटा पंक्ति बाम...
संघियता खारेजीको एजेण्डा लिएर चुनावमा गए एमालेको एकल बहुमत पक्का !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी देशैभरी एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । पाँच बर्षमा हुन लागेको महासंग्राम...
काठमाडौं ४ मा गगन थापालाई चुनाव हराउँन रवि लामिछानेको समर्थन अर्जुन प्रसाईलाई !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । यस पटकको निर्वाचन निकै पचिलो हुने अनुमान...
चुनाव अघिनै काग्रेस पनि फुट्न सक्ने सुचना बाहिरियो, बालुवाटार देखी खुमलटार सम्मै हलचल !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
डढेलधुराकै जनता यस पटक देउवालाई हराउँनै पर्छ भन्दै जागे ,बालुवाटार पुग्यो सुचना !
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । ज्योतिषिलाई साइत हेराएर देउवाले चुनावको...