Otv Nepal मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्री बन्छु भनेर हिँडेका गगन थापालाई लाग्यो नमिठो धक्का ,सांसद बन्नै फलामको चिउरा!

  • otv nepal

    मंगलबार, असार २८ २०७९
  • नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले आगामी निर्वाचन पछि आफु प्रधानमन्त्रीको उमेदवार बन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री बन्छु भनेर हिँडेका थापालाई आगामी निर्वाचन जितेर सासद बन्ननै फलामको चिउरा चपाउँनु सरह हुने अनुमान गरिएको छ ।

    गगन थापाले अचानक प्रधानमन्त्रीको कार्ड फाले पछि काग्रेस भित्र यसले ठूलो तरंग सिर्जना भएको छ । थापाले प्रधानमन्त्री बन्छु भनेर बोलेको बिषयमा अहिले सम्म अर्का महामन्त्री विश्वप्रकाश शर्मा बाहेक कसैले पनि सार्वजनिक रुपमा समर्थन गरेका छैनन् । थापाले अहिले किन यो कार्ड फाले भनेर काग्रेस वृत चनाखो बनेको छ ।

    अहिलेको व्यवस्थामा प्रधानमन्त्री बन्नका लागी पहिला प्रतिनिधीसभाको सदस्य बन्नु अपरिहार्य रहेको छ । थापालाई यस पाली निर्वाचन जितेर सांसद बन्न पसिना छुट्ने अवस्था देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट यस अघि दुई पटक सम्म प्रत्यक्ष निर्वाचित भएका थापालाई यस पटक चुनाव जित्न हम्मेहम्मे पर्ने अवस्था आएको बताइएको छ ।

    काठमाडौँ क्षेत्र नम्बर ४ बाट अघिल्लो निर्वाचनमा एमाले उमदेवार राजन भट्टराईलाई पराजित गरेर गगन थापा निर्वाचित भएका थिए । पराजित भए पनि पाँच बर्ष सम्म एमाले नेता राजन भट्टराई जनताको विचमा रहेर काम गरिरहेका छन् भने धेरै भन्दा धेरै स्वतन्त्र उमेदवारहरुले पनि काठमाडौँ ४ लाई लक्षित गरेर उमेदवारी घोषणा गर्ने लहर चलेको छ ।

    यस पटक पनि काठमाडौँ ४ मा काग्रेसबाट गगन थापा र एमालेबाट राजन भट्टराईनै प्रतिष्पर्धी हुने करिब पक्का छ । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शहरी क्षेत्रमा निकै राम्रो नतिजा निकाल्न सफल भए पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि स्वतन्त्र उमेदवारहरुले खुट्टा उचालेका छन् । काठमाडौँ ४बाट पनि निकै चर्चित अनुहारहरुले स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।

    यस पटक काठमाडौँ ४ बाट अर्जुन प्रसाई , राधा पोखरेल , आकर्षण पोखरेल लगायतका व्यक्तिहरुले स्वतन्त्र उमदेवारी दिने भएका छन् । देशमा भएका विकृती ,विसंगती लगायतका बिषयमा खरो अभिव्यक्ति दिएर चर्चामा आएका अर्जुन प्रसाइको उमेदवारी घोषणाले गगन थापालाई दबाव सिर्जना गरेको छ ।

    पर्खनु विकल्प होइन भन्दै युवा इन्जिनियर आकर्षण पोखरेलले पनी काठमाडौँ ४ बाटै उमेदवारी घोषणा गरेका छन्। सेयर बजारकी सून्दरीको नामले चिनिएकी राधा पोखरेलले पनि त्यहि क्षेत्रबाट उमेदवारी दिने घोषणा गरेकी छन् । म गगन थापा भन्दा के कुरामा कम छुर ? भन्दै पोखरेलले चुनौतीका साथ मैदानमा होमिएकी छिन् ।

    स्वतन्त्र उमेदवारहरुको निशाना गगनको क्षेत्रमा पर्न थाले पछि प्रधानमन्त्री बन्छु भनेर हिँडेका थापालाई ठेस लाग्ने विश्लेषण गरिएको छ । अहिले धेरै जनाले उमेदवारी घोषणा गरे पनि अन्तीममा स्वतन्त्रहरुबाट एक जना साझा उमेदवार बन्न सक्ने प्रक्षेपण गरिएको छ । त्यसका लागी पहल भइरहेको स्वतन्त्र उमेदवारीको तयारी गरिरहेका अर्जुन प्रसाईले जानकारी दिएका छन् ।

    ओटिभी नेपाल डटकमसँग कुराकानी गर्दै प्रसाईले राधा पोखरेल लगायतका स्वतन्त्र उमेदवारी घोषणा गरेकाहरुसँग कुराकानी गरेर एक जना साझा उमेदवार चयन गर्ने प्रयास हुने बताएका छन् । यस पटक जसरी पनी गगन थापालाई चुनाव हराउँनै पर्ने अवस्था रहेको भन्दै उनले थापालाई प्रधानमन्त्री त के सांसदनै बन्न नदिने घोषणा गरेका छन् ।

    गगन थापा सांसद मात्रै हुँदा त यो देशलाई यति बर्वाद गरे भने प्रधानमन्त्रीनै भए भने त झन के होला ? भन्दै प्रसाइले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न भए पनि सांसदमा हराउँनै पर्ने बताएका छन् । गगन थापा प्रधानमन्त्री बनेमा लेण्डुप दोर्जे जस्तै हुन सक्ने र यो देशनै नरहने अवस्था आउँन सक्ने प्रसाईले बताए ।

    ओटिभी नेपाल डटकमसँगको कुराकानीमा प्रसाइले गगन थापाको पारा देखेर अरु पार्टीका मानिस मात्रै होइन काग्रेस भित्रकै मानिसहरुमा पनि चर्को असन्तुष्टि रहेको भन्दै प्रसाइले आफुलाई स्वतन्त्र उमेदवार बन्न काग्रेसकै कार्यकर्ताले आग्रह गरेका बताएका छन् ।

    काग्रेृसकै ठूलो पंक्तिको साथ र सहयोग आफुलाई रहेको भन्दै प्रसाइले काग्रेसकै भोटले आफुले चुनाव जित्ने र गगनले हार्ने ठोकुवा गरे । एमसीसी पास गर्ने बेलामा गगन थापाले देखाएको व्यवहार र बोलेका कुराले आफु दिक्क भएर उनी विरुद्ध उमेदवारी दिने निष्कर्षमा पुगेको प्रसाईले भनेका छन् ।

    कुनै पनी हालतमा अब व्याक नुहुने भन्दै प्रसाईले हारजित जे भए पनि आफुलाई स्विकार्य हुने तर गगन थापालाई यस पटक हराउँनै पर्ने अवस्था रहेको बताएका छन् । गगन थापालाईनै टार्गेट गरेर आफुले उमेदवारी दिन लागेको पनि उनले भनेका छन् । लुकाएर छिपाएर कुनै छैन मेरो उमेदवारी गगनकै विरुद्ध हो । प्रसाईले भनेका छन् ।

    गगन थापाका लागी अघिल्लो निर्वाचनमा आफुले पनि भोट मागेको भन्दै प्रसाईले जनताले दिएको अमूल्य मतको विश्वासलाई गगन थापाले दुरुपयोग गरेको आरोप लगाएका छन् । विदेशीको स्वार्थमा एमसीसी पास गराउँन थापाले भूमिका खेलेको भन्दै त्यसको मूल्य आगामी निर्वाचनमा चुकाउँनु पर्ने प्रसाईले बताए ।

    समसामयिक राजनिती , स्वतन्त्र उमेदवारी , गगन थापा विरुद्ध किन टार्गेट ? लगायतका बिषयमा केन्द्रित रहेर अर्जुन प्रसाईसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, कार्तिक १७ २०८२

    थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !

    थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: बिहिबार, असार १२ २०८२

    ‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘

    नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    ‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    ‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...

    प्रकाशित: सोमबार, माघ २१ २०८१

    समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम

    राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend