Otv Nepal मंगलबार, साउन १२ २०८३

बालकोटमा ६ घण्टा राखेर ओलीले चिनिँया नेतालाई राम्रो चिनाइदिए प्रचण्ड र माधवको चरित्र !

  • otv nepal

    बुधबार, असार २९ २०७९
  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका छन् । उनले प्रमुख राजनितिक दलका प्रमुख नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

    सबैभन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमै गएर भेटेका जियान्चाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रचण्ड निवास खुमलटारमै र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ओली निवास बालकोटमा गएर भेटेका थिए। एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र एस पार्टीका नेताहरुलाई भने उनले एभरेष्ट होटलमा बोलाएर भेटेका थिए ।

    जियान्चाओले भेट गरेका नेताहरु मध्ये सबैभन्दा धेरै समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कुराकानी गरेका थिए । चिनिँया टोली एमाले अध्यक्ष ओलीको घरमा ६ घण्टा बसेको थियो । ओलीसँगको भेटलाई निकै महत्व उनीहरुले दिएका थिए ।

    नेपालमा फेरी बाम एकता गराउँनका लागी चिनले पहल गरिरहेको भन्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीसँग चिनिँया टोलीले बिताएको लामो समयलाई निकै अर्थपुर्ण तरिकाले हेरिएको छ । बाम एकताका लागी दबाव नदिए पनि बिचार मिल्ने पार्टीहरु एक ठाउँमा आउँनु राम्रो हुन्छ भनेर सन्देश जियान्चाओले सुनाएका छन् ।

    जियान्चाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड , नेकपा एमालेका अध्यक्ष केपी ओली देखी नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँगको कुराकानीमा पनि एउटै कुरालाई जोड दिएर भनेका थिए त्यो भनेको विचार मिल्ने पार्टीहरु एक भए हामी खुशि हुन्छौँ तर त्यसका लागी दबाव भने दिँदैनौँ ।

    एमाले अध्यक्ष ओलीले चाहेमा बाम एकता हुन सक्छ भनेर बुझेरनै चिनिँया टोलीले ओलीलाई धेरै महत्व दिएको बताइन्छ । ६ घण्टा लामो कुराकानीमा फेरी पहिले जस्तै कम्युनिष्ट पार्टीहरु मिल्ने सम्भावना कति रहेको छ ? भनेर जियान्चाओले ओलीेसँग जिज्ञासा राखेको र ओलीले तत्काल त्यो सम्भावना नभएको र एमाले एक्लै चुनावमा जाने बताएका थिए ।

    ओलीले जियान्चाओसँगको भेटमा आफ्नो सरकार ढालेर काग्रेसलाई सत्ताको चाबी बुझाउँनका लागी प्रचण्ड र माधव नेपालले के कती सम्मको हर्कत गरे भन्ने बिषयमा विस्तृत कुरा सुनाएका थिए । नाम मात्रै कम्युनिष्ट तर चरित्र केहि पनि कम्युनिष्ट नभएकाहरुलाई बोेकेर हिड्न गारो हुने भन्दै ओलीले एमाले एक्लै चुनावमा जान चाहेको बताएका थिए ।

    ओली निवास बालकोटमा मंगलबार झण्डै ६ घण्टा भएको कुराकानीमा चिनियाँ नेता लिउले विगतमा जस्तै नेपालमा वामपन्थी शक्तिबीच एकताको सम्भावना कति छ भनेर जिज्ञासा राखेको उक्त भेटमा सहभागी नेताहरुले जानकारी दिए।

    चिनियाँ नेता लिउले कांग्रेस, कम्युनिस्ट लगायत नेपालका सबै राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टीले समान सम्बन्ध राख्न चाहेको बताएका थिए।‘लिउले नेपालका कम्युनिस्ट पार्टी मिलेको चीनलाई राम्रो लाग्ने बताउनुभयो। तर नेपालमा वाम पार्टी मिल्ने वा नमिल्ने आन्तरिक कुरा भएकाले त्यसका लागि चीनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो’ भेटमा सहभागी एकजना एमाले नेताले भने।

    प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले आफू वामपन्थी शक्तिबीच एकताको विपक्षमा नरहेको बताएका थिए। ‘विगतमा वामपन्थी शक्तिबीच फुट हाम्रा कारणले आएको थिएन, अहिले पनि हामीलाई मिल्न आपत्ति छैन। यद्यपि तत्काल हामी कसैसँग एकता गरिहाल्न गइरहेका छैनौं, एक्लै चुनाव लड्ने हाम्रो नीति छ’ ती नेताका अनुसार ओलीले चिनियाँ नेतासँग भने।

    नेपालमा संसदीय चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न पहल गरिरहेको हुनसक्ने चर्चा भएका बेला चिनियाँ नेता लिउले ठूला वामदल मिलेको हेर्न चाहेको चिनियाँ चाहना अभिव्यक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र चिनियाँ नेताबीचको कुराकानी मुख्यतः चार विषयमा केन्द्रित रहेको एमाले नेताहरुले जानकारी दिए।

    उनीहरुका अनुसार पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीचको पार्टीगत सम्बन्ध, दोस्रो नेपालमा वामपन्थी दलहरुबीचको एकता सम्भावना, तेस्रो नेपाल र चीनबीचको द्वीपक्षीय सम्बन्ध र चौथो नेपालमा बढ्दो अमेरिकी सक्रियता।

    नेपालका सबै दल राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका सवालमा एकठाउँ उभिउन् भन्ने चाहना चिनियाँ नेताले व्यक्त गरेका थिए। ‘नेपालका राजनीतिक दलले आफ्नो निर्णय आफैं लिनसकुन्। त्यसमा हामी पनि हस्तक्षेप गर्दैनौं र कुनै पनि बाह्य शक्तिले पनि त्यसो नगरुन्’ अमेरिकाको पछिल्लो समय बढेको सक्रियातर्फ इंगित गर्दै उनले भनेका थिए।

    ओलीसँगको भेटमा चिनियाँ नेता लिउले नेपालले चीनसँगको सम्बन्धलाई कम प्राथमिकता दिन थालेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए। प्रत्युत्तरमा ओलीले नेपाल चीनसँगको मित्रवत् सम्बन्धप्रति प्रष्ट रहेको र चीनका विरुद्ध कसैलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको एमाले नेताहरुले बताए।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    गाजामा ८३ प्रतिशत निर्दाेष सर्वसाधारण मारिए

    गाजामा भएको युद्धबारे सार्वजनिक भएका नयाँ तथ्याङ्कले ठूलो मानवीय मूल्य प्रकट गरेका छन्। इजरायली सेनाको गोप्य गुप्तचर डाटाबेसका अनुसार मारिएका मध्ये करिब ८३ प्रतिशत सर्वसाधारण नागरिक हुन् भने मात्र १७...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: बुधबार, साउन १५ २०८२

    रुसमा गयो ८.८ रेक्टरको भुकम्प

    रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प हो । अमेरिकी...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: बुधबार, असार १८ २०८२

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका छन् । जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै...

    प्रकाशित: बुधबार, असार १८ २०८२

    नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गरेका...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, जेष्ठ १४ २०८२

    फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई श्रीमतीले मुक्का हानेको भिडियो भाइरल

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिगिट म्याक्रोनबीच भएको झगडाको भिडियो भाइरल भइरहेको छ । म्याक्रोन २५ मे मा भियतनाम भ्रमणमा पुगेका थिए । यसैबीच, हनोईको नोई बाई अन्तर्राष्ट्रिय...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    दिल्लीमा आम आदमीको पत्तासाफ , भाजपाले ल्यायो दुइ तिहाइ , काँग्रेशलाइ ० सिट

    भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ७० मध्ये ४८ सिट जित्दै दुई तिहाई बहुमत प्राप्त गरेको छ। सत्तारुढ आम आदमी पार्टी ले २२ सिट मात्र जित्न...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend