Otv Nepal आइतबार, साउन २९ २०७९

चिरफार :सरकारी ढुकुटीमा आरजु म्याडमको रजाइँले बितेको परमादेशको एक बर्ष !

  • OTV Nepal

    बुधबार, असार २९ २०७९
  • सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएको ठिक एक बर्ष पुरा भएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको सर्वोच्च अदालत तिरनै एक बर्षमा धेरै प्रश्नहरु तेर्सिएको छ ।

    संसारमा कहिँ कतै नभएको अभ्यास नेपालको सर्वोच्च अदालतले गरिदिएको थियो। संसारमानै पहिलो पटक नेपालमा सर्वोच्च अदालतले परमादेशबाट प्रधानमन्त्री तोकेको थियो । रोचक कुरा त परमादेशबाट प्रधानमन्त्री तोक्ने प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाईनै परमादेशबाट प्रधानमन्त्री माग गर्ने दलहरुलेनै महाअभियोग लगाएर थन्काएका छन् ।

    काग्रेस , माओवादी केन्द्र , नेकपा एस , जसपा र राष्ट्रिय जनमोर्चा विचको गठबन्धनले जारी भएको परमादेश पछि देश थप अधोगति तिर लागेको विश्लेषण भएको छ । शेरबहादुर देउवामाथी सदाबहार लाग्ने असक्षमको लाग यो एक बर्षमा पनि झनै चर्कोसँग लागेको छ ।

    शेरबहादुर देउवा सरकार मात्रै होइन पार्टी संचालनमा पनि असफल भएको आरोप उनी माथी लागेको छ । एक बर्षमा सरकारले एक पछि अर्को काण्ड मच्चाएको छ । सरकार कसले चलाएको छ ? भन्ने प्रश्नैनै बढेमानको प्रश्न बनेर देउवा सामु तेर्सिएको छ ।

    गठबन्धन सरकारको विकृतको कुरुप अनुहार यो एक बर्षमा देखिएको आलोचकहरुले आलोचना गर्ने गरेका छन् । जसले जे गरे पनि हुने अनियन्त्रित छाडा पारा देखीएको भन्दै आलोचना गर्नेहरु पनि धेरै देखिएका छन् । परमादेश जारी गर्ने वित्तिकै परमादेश जारी गर्ने प्रधानन्यायाधिशलाई मन्त्री परिषदमा भाग दिएर सुरु भएको देउवा सरकारको काण्ड अर्थमन्त्री जनार्दन शर्माको सिसिटिभी फुटेज सम्म आइपुग्दा दर्जनौँ भएका छन् ।

    नेपाली काग्रेसका नेता मिनेन्द्र रिजालले सरकार बन्ने वित्तिकै अब सरकार कसरी चलाउँनु पर्छ भन्ने हामी देखाउँछौ भनेर संसदको रोस्टमबाट बोलेका थिए तर सरकार बनेको एक बर्ष नपुग्दै उनी आफैँ रक्षामन्त्रीबाट राजिनामा दिएर टाप मात्रै कसेका छैनन् सरकार कसरी चल्छ भनेर अहिले नबोल्ने भन्न थालेका छन् ।

    नेपाली काग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले देउवाको कार्यशैलीप्रति असतुष्टि जनाउँदै देउवालाई कसले सल्लाह दिन्छ ? भन्दै प्रश्न गर्ने अवस्थामा पुगेका छन् । काग्रेसकै शेखर कोइराला पक्षले देउवा प्रधानमन्त्री भए पछि नितिगत भ्रष्टाचार धेरै बढेको आरोप लगाएको छ ।

    सरकार देउवाले भन्दा पनि उनकी श्रीमती आरजु राणाले चलाएको आरोप लाग्ने गरेको छ । एमाले अध्यक्ष केपी ओलीले त सार्वजनिक रुपमै सरकार सरले चलाउँनुहुन्छ की म्याडमले भनेर प्रश्न गरेका छन् । सरकार आरजु म्याडमकै हालीमुहालीमा चल्ने गरेको अनुमान धेरैले गरेका छन् ।

    परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले संसदबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । नेकपा एमाले विभाजन नगरी वहुमत नहुने र एमालेमा माधव नेपाललाई साथ दिएका मुख्य नेताहरु विभाजनको पक्षमा नहुने भएपछि दल विभाजनका लागि विकृत अध्यादेश ल्याइयो ।

    तत्कालीन नेकपा सरकारका पालामा केपी ओलीले संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतले दल विभाजन गर्न सक्ने कानूनी प्रावधानमा सामान्य संशोधन गरी र को ठाउँमा वा राखेर अध्यादेश ल्याउँदा कांग्रेस र तत्कालीन नेकपाका प्रचण्डमाधव सहित अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरु सडक र अदालतसम्म पुगेका थिए ।

    तर देउवा सरकार बनेको एक साता नपुग्दै माधव नेपालसहितका एमालेका केही सांसदको समर्थनमा उनले विश्वासको मत लिए । एमालेले ह्वीप उल्लंघन गर्ने १४ सांसदलाई कारवाही गरे पनि सभामुखले कार्यन्वयन गरेनन् । बरु २० प्रतिशतले दल विभाजन गर्ने अध्यादेश ल्याएर देउवाले एमाले फुटाए । यो उनको चरम विचलन थियो ।एमाले विभाजनपछि गठबन्धन सरकारले उक्त अध्यादेश फिर्ता लियो । किनकी त्यो अध्यादेश कायम रहँदा सत्ता गठबन्धनकै अन्य दल विभाजनको खतरा थियो ।

    सरकारबाट बाहिरिँदै गर्दा ओली नेतृत्वको सरकारले सबै नेपालीलाई पुग्ने खोपको जुगाड गरेको थियो । केही मात्र खोप आउँन बाँकी थियो भने कतिपय देशले खोपको बचन दिए पनि आइसकेको थिएन । देउवा सरकारले पहिलो प्राथमिकता खोपलाई नै दिनु सकारात्मक थियो ।

    तर खोप अनियमितता यतिसम्म भयो कि,२४ लाख डोज खोप गायब भयो । त्यो खोप सत्ताधारी नेता कार्यकर्ताले घर घरमा लगेर लगाएका समाचार आए भने कतिपय ठाउँमा जनताले घेरेर खोप कब्जा गरेका समेत घटना भए ।

    स्वास्थ्यमन्त्रालयबाट आवश्यक नै नपर्ने औषधी खरिदमा करोडौं भ्रष्टाचारको कुरा बाहिर आए पनि छानविन भएन । जाँदा जाँदै स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधीको मुल्य बढाएर करोडांै कमिसनको खेल भएको समाचार आयो । स्वास्थ्यका कर्मचारी सरुवामै खुलेआम घुस चल्यो ।

    देउवा सरकार गठन भएपछि तत्कालीन ओली सरकारले ल्याएको बजेट संशोधन गरी पूरक बजेट ल्याउँदा नीतिगत भ्रष्टाचार भएको कुरा सार्वजनिक भयो । अर्थमन्त्री नै पोलिसी ह्याकमा संलग्न भएको आरोप लाग्यो ।

    छानी छानी निश्चित व्यापारिक र औद्योगिक घरानालाई फाइदा पुग्ने र आम व्यवसायी मारमा पर्ने गरी पूरक बजेटमा करका दर हेरेफेर गरियो । स्रोत नखुलेको कालोधन निश्चित व्यवसायमा लगानी गर्न छुट दिनेगरी बजेटमै व्यवस्था गरियो जुन अहिले पनि कायमै राखिएको छ सूचना प्रविधि सम्बन्धी व्यवसाय र जलविद्युतमा गरिएको लगानीको स्रोत नखोजिने भनेर ।

    ओली सरकारका पालामा १४ सयवटा सडकको निर्माण र विस्तारका लागि छुट्याइएको बजेट कटौति गरियो भने पालिकाहरुमा अस्पताल बनाउँने बजेटमा समेत कैंची चल्यो । पूरक बजेटबाटै मुलुकको अर्थतन्त्रमाथि गम्भीर हमला भएको थियो,अहिले त्यसका असर देखिएका छन् ।

    सर्बोच्च अदालतको परमादेशबाट बनेको सरकारले न्यायपालिकालाई यतिसम्म सेटिङमा राख्यो कि,मन्त्रिपरिषदमै न्यायपालिकालाई कोटा दिइयो । प्रधानन्यायाधीशका नजिकका नातेदारलाई मन्त्री बनाउँदा ठूलो विवाद भयो । पछि गठबन्धनलाई प्रधानन्यायाधीश नै कम्फरटेबल नभएपछि महाअभियोग लगाएर दिपक कार्कीमार्फत अदालत कब्जा गरियो ।

    प्रधानन्यायाधीशको कोटाका मन्त्रीले राजिनामा दिएको केही महिनापछि परमादेशकै सेटिङ अन्तर्गत न्यायपालिका र गठबन्धनको कोटाबाट गोविन्द बन्दीलाई कानूनमन्त्री बनाइयो । अहिले सर्बोच्च अदालत गठबन्धनको सहयोगी बनेको छ भने कामु प्रधान न्यायाधीश दिपक कार्की गठबन्धनका न्यायिक कमिसारको भूमिकामा छन् ।

    देउवा सरकारका मन्त्रीहरुले जे बोले पनि जे गरेपनि छुट हुन्छ भन्ने मानक स्थापित भयो । यसअघि सामान्य जिब्रो रड्किएका आधारमा धेरै मन्त्रीको पद गएको थियो । तर गठबन्धन सरकारका मन्त्री रेणु यादवले खुलेआम गौर हत्याकाण्ड दोहोर्याएर मान्छे मार्ने चेतावनी दिँदा पनि कुनै कारवाही भएन ।

    अर्का मन्त्री प्रेम आलेले पटकपटक अश्लि गालिगलौज गरेका अडियो र भिडिओ सार्वजनिक हुँदा पनि उन्मुक्ति पाए । प्रदेशका मन्त्रीहरुको छाडा हर्कत र अर्काको घरमा गएर हातपात गर्दा पनि उन्मुक्ति नै पाइरहे ।

    मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन प्रयास गर्दा राष्ट्र बैंकका गभर्नर सरकारको निशानामा परे । त्यसको क्लाइमेक्स भनेको अर्थमन्त्री निकट व्यक्तिको स्रोत नखुलेको ४० करोड रुपैया आउँन सहजीकरण नगर्दा गभर्नर महाप्रसाद अधिकारी बर्खास्तीमै परे । अदालतबाट उनी फिर्ता भएका छन् । जबकी अर्थतन्त्र बिगार्ने मन्त्रीलाई जोगाउँन देउवाले अन्तिमसम्म कुनै कसर बाँकी राखेनन् ।

    सर्बोच्च अदालतमा सत्ता गठबन्धन आबद्ध दलका नेताहरुसँग सम्बन्धित केही मुद्दाहरु अग्राधिकारमा थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराबाट कम्फरटेबल महशुस नगरेपछि छापामार शैलीमा उनीविरुद्ध गठबन्धनले महाअभियोग ल्यायो ।

    गठबन्धनसँग दुई तिहाई नभएकाले महाअभियोग पारित हुने सम्भावना थिएन र छैन । महाअभियोगलाई अघि नबढाउँनुको उद्देश्य प्रष्ट छ,उनलाई निलम्बनमै राखेर दिपक कार्कीमार्फत अदालत चलाउँने र आफूहरु आबद्ध मुद्दा धकेल्ने वा जिताउँन लगाउँने ।

    नेकपा एसका १४ सांसदको मुद्दादेखि सभामुख र बालुवाटार काण्डका मुद्दा देखिने गरी नै सेटिङ भएको छ । महाअभियोग लगाउँने तर त्यसलाई किनारा नलगाई रिस उठेकै भरमा न्यायाधीश निलम्बन गर्ने खराब प्रचलन देउवा सरकारको पालामा स्थापित गर्न खोजिएको छ ।

    सर्वोच्च अदालतले आइजिपी नियुक्ति सम्बन्धमा पूर्ण इजलासबाटै फैसला गरेको थियो । अघिल्लो पटक पनि आईजीपी नियुक्तिमै अदालत सहयोगी नभएपछि देउवा नेतृत्वको गठबन्धनले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएको थियो ।

    यसपटक पनि सोही काण्ड दोहोरिएको छ । पहिले आइजिपी काण्ड मच्चाएर प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको थियो । यसपटक महाअभियोग लगाएर आइजिपी काण्ड मच्चाइएको छ । १८ महिना जुनियरलाई आइजिपी नियुक्ति गर्दा २४ करोड रुपैया आर्थिक डिल भएको आरोप लागेको छ ।सो नियुक्तिविरुद्ध अदालतमा मुद्दा परे पनि एकातिर आफ्नै नजिर अदालतले बिर्सेको छ भने अर्कोतिर सरकारको निर्देशनमा जानाजान मुद्दाको फैसला रोकेर राखिएको छ ।

    पूरक बजेटको नीतिगत भ्रष्टाचार यसपटक बजेट वक्तव्यको बेला खुलेआम नै भयो । दलाल बिचौलिया दिपक भट्ट आफैं बसेर बजेट चलाएको आरोप लागिरहेका बेला चौधरी गु्रपका प्रतिनिधि र शंकास्पद विचौलियाले अर्थमन्त्रालयमै बसेर बजेटमा करका दर हेरफेर गरेको आरोप लगभग पुष्टि भइसकेको छ ।

    बजेट वक्तव्य आउँने अघिल्लो साँझको सिसिटिभी फुटेजसमेत डिलिट गरिएको काण्ड चर्किएपछि अर्थमन्त्रीले बाध्य भएर राजीनामा दिएका छन् र संसदीय समितिले छानविन गर्दैछ । अझै पनि छानविनपछि उनै अर्थमन्त्री फर्किने हल्ला चलाइएको छ ।यसपटकको बजेटमा निश्चित व्यापारिक घराना र गठबन्धनका नेता तथा तीनका परिवारको लागि खुलेआम नीतिगत भ्रष्टाचार भएको देखिन्छ ।

    मुलुकको ढुटुकीमा विदेशी मुद्रा सञ्चिती ६ महिनाई पुग्ने पनि छैन । तर सरकार यहि बेला सुपारी तस्करीको लागि आयात खुला गर्नेदेखि प्रहरीलाई अनावश्यक फेजआउट हतियार खरिदमा लागेको छ । नेपाल प्रहरीको हतियार खरिदका लागि भने ८४ करोड रुपैया जनार्दन शर्माले राजीनामा दिनुअघि निकासा गरेर हिँडेका छन् । हतियार खरिदमा करोड होइन अर्बमा कमिसनको डिल भएको र यो हतियारमा पनि दिपक भट्ट संलग्न रहेको बताइएको छ ।

    परमादेशको एक बर्षमा देउवा सरकार माथी काण्डै काण्डको चाङ लागेको छ । यो बिचमा धेरै अन्योलका विचमा सरकारले स्थानिय तहको निर्वाचन भने सफलता पुर्वक सम्पन्न गरेको छ । प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचन पनि यसै बर्ष गर्नु पर्ने छ । प्रधानमन्त्री देउवाले ज्यातिषसँग परामर्श गरेर संघिय निर्वाचनको मिति तोक्ने तयारी गरेका बताइन्छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, साउन २९ २०७९

    शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !

    प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रेम आले एमालेमा फर्कन तयार !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट

    पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !

    प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    चितवनबाट आयो प्रचण्डका लागी धक्का लाग्ने खबर !

    मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने तयारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका लागी चितवनबाट दुखद खबर आएको छ ।...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    देउवासँग शेखर पक्षले माग्यो ४० प्रतिशत भाग, नदिए वारकी पार !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    झापाबाट चुनाव लड्न डराए विश्वप्रकाश शर्मा , अबको प्रतिष्पर्धा काठमाडौँ ५मा इश्वर पोखरेलसँग !

    नेपाली काग्रेसको १४ औँ महाधिवेशमा लोकप्रिप मत सहित महामन्त्री बन्न सफल भएका विश्वप्रकाश शर्मा संसदीय राजनितीमा भने अभागी साबित हुँदै आएका छन् । अहिले सम्म पनि चुनाव जितेर संसद...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    शितल निवासबाट भर्खरै आएको खबरले राष्ट्रपती विद्यादेवी भण्डारीको प्रशंसा देशैभरी चुलियो !

    पछिल्ला दिनमा विभिन्न कारण नेपाली जनताको चासो र ध्यान राष्ट्रपती भवन शितल निवास तिर मोडिएको छ । नागरिकता विद्ययेकमा शितल निवासबाट कस्तो खबर आउला भनेर पनी धेरैको चासो र...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    बिचरा काग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसक्ने गरी बुढो भएछ :केपी ओली

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र , नेकपा एस लगायतका दलसँग गठबन्धन गर्न ठिक परेर बसेको नेपाली काग्रेस प्रति कडा शब्दमा कटाक्ष गरेका छन्...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    जसरी पनि देउवालाई चुनाव हराउँने गरि कर्ण मल्लले बनाएको मास्टर प्लान बाहिरियो !

    नो नट अगेन भनेर स्वतस्फूर्त रुपमै पूर्व प्रधानमन्त्रीहरु देखी पटक पटक पदमा पुगेका र विवादित भएकाहरुलाई चुनाव हराउउँने अभियान सामाजिक संजालमा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई यस पटक जसरी...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    एमालेले खोल्यो बाम गठबन्धनको ढोका, राजनितीले नयाँ कोर्ष लिने सम्भावना !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाललाई एक्लो बनाएर ८ दलीय गठबन्धनको तयारी भइरहेका बेला कुनै पनि बेला राजनितिले नयाँ कोर्ष लिने सम्भावना देखिएको छ । नेकपा एमालेको एउटा पंक्ति बाम...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    संघियता खारेजीको एजेण्डा लिएर चुनावमा गए एमालेको एकल बहुमत पक्का !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी देशैभरी एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । पाँच बर्षमा हुन लागेको महासंग्राम...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    काठमाडौं ४ मा गगन थापालाई चुनाव हराउँन रवि लामिछानेको समर्थन अर्जुन प्रसाईलाई !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । यस पटकको निर्वाचन निकै पचिलो हुने अनुमान...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    चुनाव अघिनै काग्रेस पनि फुट्न सक्ने सुचना बाहिरियो, बालुवाटार देखी खुमलटार सम्मै हलचल !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    डढेलधुराकै जनता यस पटक देउवालाई हराउँनै पर्छ भन्दै जागे ,बालुवाटार पुग्यो सुचना !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । ज्योतिषिलाई साइत हेराएर देउवाले चुनावको...

    प्रकाशित: शुक्रबार, साउन २७ २०७९

    हर्क साम्पाङ र रवि लामिछानेको कुरा मिल्यो !

    स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङ र पत्रकारिता छोडेर पुर्णकालिन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभरी चुलिएको छ । हर्क साम्पाङले स्थानिय तहको...

    प्रकाशित: शुक्रबार, साउन २७ २०७९

    केपी ओली फेरी प्रधानमन्त्री हुने मिति तोकियो !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा ८ दलीय गठबन्धन बनाउँने तयारी गरिएको छ तर एमाले नेताहरु भने आरामले एमालेले चुनाव जित्ने दाबी गरिरहेका...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend