
काठमाडौँ महानगरपालिका मेयर बालेन शाह फुटपाथ पसल हटाउँन आफैँ सडकमा ओर्लिएका छन् । महानगरिय प्रहरीले फुटपाथ हटाउँदा चर्को आलोचना भए पछि बालेनले फरक शैली अपनाएका छन् ।
फुटपाथ हटाउँन बालेन यस पटक डण्डा लिएर होइन ठण्डा भएर सडकमा आएका छन् । केहि समय अघि बालुवाटारमा मकै पोल्ने दम्पत्तीमाथी महानगरीय प्रहरीले लछारपछार गरे पछि बालेनको समेत चर्को आलोचना भएको थियो । यस पटक भने उनी फरक ढंगले प्रस्तुत भएका छन् ।
फुुटपाथ व्यापारीहरुसँग बालेन आफैँले नरम कुराकानी गर्दै बाटोबाट हटाइदिन अनुरोध गरेका छन् । यस पटक प्रहरी नबोकी बालेन सडकमा पुगेका छन् । नयाँ बानेश्वर क्षेत्रको फुटमाथ मा व्यापार गरिरहेकाहरुको विचमा गएर बालेनले हात जोेडेर विन्ती गरेका छन् ।
अझ रोचक कुरा त के छ भने केहि समय अघि मकै पोल्ने दम्पत्तीलाई काठमाडौँ महानगरपालिकाको महानगरीय प्रहरीले लछारपछार गरेर गाडा जफत गरेको थियो तर बालेनले भने मकै पोल्ने एक जना महिलासँग गएर हात जोडेर प्लिज हटाइदिनुस् सटरमा गएर व्यापार गुर्नस् न है भन्दै विन्ती बिसाएका छन् ।
बेलुकी ७ बजेतिर केही सहयोगीसहित साह सडकमा निस्केका हुन् । उनलाई सडकमा देख्नासाथ मानिसहरु भिड लागेर फोटोरभिडियो खिच्न थाले । केही व्यक्तिहरु बालेन बालेन भन्दै हुटिङ गरिरहेका थिए, चिच्याइरहेका थिए , साह भने व्यापारीलाई सम्झाउन र थर्काउन व्यस्त भए ।
ठेलामा तरकारी बेचिरहेका एक व्यापारीलाई पाखुरामा समात्दै उनी सोध्छन्, ‘यसरी बाटोमा ठेला राख्न पाइयो हजुर ?’‘पसलहरु सबै खाली छन् । पसलमा कसैले भाडा लिदैन । तपाईंहरुले बाटोमा गरेर कमाउनुहुन्छ भने थोरै भाडा तिरेर पसलमा गर्नुस् । एम्बुलेन्स हिँड्छन् तपाईंले रोकिदिनुभयो भने कस्तो हुन्छ ? है सर ।’
बालेन त्यसपछि फुटपाथमा मकै पोलिरहेकी महिलासामु पुग्छन् ।उनी प्रश्न गर्छन् ‘यो बाटो कसरी बनेको हजुरलाई थाहा छ रु मान्छेहरुको घर भत्काएर, उहाँहरुलाई रुवाएर बनाएको बाटो हो । हजुरले यसरी हाल्दिन मिल्छ रु थोरै भाडा तिरेर पसलमा राखिदिनुस् न ।’
महिलाले यस्तो काम गर्न सटर भाडामा नपाइने बताउँछिन् ।बालेन जवाफ दिन्छन्, ‘भाडामा गर्न मिल्छ । पसल भाडामा लिएर राखिस्यो । थोरै भाडा तिर्नुपर्छ । हजुरको व्यापार पनि चल्छ ।’त्यसपछि उनी महिलालाई सोध्छन्, ‘मासिक कति कमाउनुहुन्छ रु’महिलाले जवाफ दिन्छिन्, ‘भाडा तिर्ने र खाने मात्रै हो ।’
बालेन सम्झाउँदै भन्छन्, ‘थोरै भाडा तिरेर पसलमा राख्नुस् न । यो बाटोमा एम्बुलेन्स हिँड्छ, गाडी हिँड्छ । यसो नगर्दिनुस् । यति बाटो बनाउन सरकारले एक करोड खर्च गरेको हुन्छ । हामी तपाईंहरुलाई उठाउन आएको होइन, अनुरोध गर्न आएको । (हात जोड्दै) प्लीज..प्लीज‘प्लीज‘ यस्तो नगरिदिनुस् ।’
वरिपरीका व्यापारीले फुटपाथ व्यापारलाई महानगरले व्यवस्थित गर्नुपर्ने कुरा गर्न थाल्छन् । त्यसपछि बालेन केही आक्रोशमा आउँछन् ।अरुतिर हेर्दै भन्छन्, ‘बजार खाली छन् । तपाईंहरु भाडामा नलिने अनि, कसरी व्यवस्थित गरिदिनुपर्छ ?
त्यसपछि महिलातिर फर्केर भन्छन्, ‘आमा प्लीज।। आमा प्लीज‘ । सटर भाडामा पाइन्छ । जति पनि पाइन्छ । यो बाटो गाडी हिँड्नलाई होनि त आमा है ।’बालेनले आफ्नो शैली थोरै भएका छन् तर फुटपाथ हटाउँने कुरामा उनी कठोर भएरै लाग्ने संकेत गरेका छन् । बालेन आएर सम्झाएर गए पछि अर्को दिन प्रहरी आएर उठाउँने होकी भन्ने त्रास फुटपाथ व्यापारीमा देखिन्छ ।
फुटपाथ व्यापारीकोमा गएर मेयर बालेन शाहले हात जोडेर बिन्ती गरेको भिडियो अहिले सामाजिक संलालमा भाइरल भएको छ ।
शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ :केपी ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन् । काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै...
पुष्प पहराईले पाए रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा विशेष प्रदेश सह-संयोजकको जिम्मेवारी
गुल्मी जिल्लाका प्रभावसाली युवा नेता पुष्प पहराईले नयाँ जिम्मेवारी प्राप्त गरेका छन्। नेकपा (एमाले) को भात्री संगठन रास्ट्रीय युवा संघ नेपालले उनलाई आज मंगलबार बाट केन्द्रीय सदस्य तथा विशेष...
धरापमा काँग्रेस !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...
विवेकशील साझा पार्टी पुनर्गठन गर्दै मिलन पाण्डे
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा...
मुख्यमन्त्री राउतसहित मन्त्रीहरू धर्नामा
मुख्यमन्त्री सहित मधेस प्रदेश सरकारका मन्त्रीले संघीय सरकारविरुद्ध आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा बसेका हुन् । प्रहरी समायोजनको माग...
‘अब सरकारको कुनै औचित्य छैन’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य...
एउटै चिह्नबाट चुनाब लड्ने बाबुराम-प्रचण्ड बिच सहमति
नेकपा (माओबादि केन्द्र)को चुनाब चिह्नमा चुनाब लड्न नेपाल समाजवादी पार्टीका नेताहरु तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी...
काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...
माधवको पार्टीमा भाँडभैलो, ओलीसँग मिल्नैपर्ने भन्दै हारगुहार
भर्खरै जन्मिएर तङ्ग्रीन नपाउँदै नेकपा (एकीकृत समाजवादीका) नेताहरु खुलेआम नेकपा एमालेसँग मिल्नुको बिकल्प नभएको बताउन थालेका छन् र त्यो मिलन मसिंर ४ को निर्वाचन अघिनै हुने उनिहरुको दाबि छ...
सूर्य चुनाव चिह्न मान्नेसँग तालमेल हुन सक्छ :तामाङ
नेकपा एमालेका नेता शेरबहादुर तामाङले नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँग अनौपचारिक वार्ता गरे पनि गठबन्धनको निर्णय नगरेको बताएका छनन् । उनले थपे, “राजनीतिक संवाद कसैसँग पनि नहुने भन्ने होइन...
फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव: आउनुस् फोहोर व्यवस्थापनको भिजन एमालेसँग छ
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी...
ओलीको गुनासो :बिरामी भएँ भने उपचार गराउने पनि पैसा छैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक...
एक्लै लड्दा पनि ३९ सिट जित्ने एमालेको दाबी
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने...
हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...
नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !
प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...
प्रेम आले एमालेमा फर्कन तयार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...
प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट
पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...
राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !
प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...
चितवनबाट आयो प्रचण्डका लागी धक्का लाग्ने खबर !
मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने तयारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका लागी चितवनबाट दुखद खबर आएको छ ।...