लामो समय नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निकट रहेर काम गरेका नेता कर्ण मल्लले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीका कतिपय विषयमा खुलेर मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
यस पटकको निर्वाचनमा जसरी पनि डढेलधुराबाट शेरबहादुर देउवालार्ई हराउँने मिसन बोकेर हिँडेका नेपाली काग्रेस विपीका वरिष्ठ उपसभापती मल्लले अहिले नेपालको राष्ट्रियता इतिहासमै कमजोर अवस्थामा रहेको जिकिर गर्दै नेपालको राष्ट्रिय स्वाभिमान विदेशीका सामु लत्रिएको टिप्पणी गरेका छन् ।
ओटिभी नेपाल डटकमसँगको विशेष कुराकानीमा नेता मल्लले केपी ओली प्रधानमन्त्री नभएको भए चुच्चे नक्सा कहिल्यै पनी जारी नहुने थियो भन्ने दाबी गरेका छन् । सत्य बोल्छु केपी ओलीकै कारण मात्रै चुच्चे नक्सा जारी भएको हो । मल्लले भनेका छन् ।
सबै दलको राष्ट्रिय सहमतीमा नक्सा जारी भएको होइनर ? भन्ने ओटिभी नेपाल डटकमको प्रश्नमा मल्लले नेपाली काग्रेस बाध्य भएर लछारिएर मात्रै नक्सा जारी गर्न सहमत भएको दाबी गरेका छन् । काग्रेसको नक्सा जारी गर्ने कुनै मनसाय थिएन बाध्य भएर लछारिएर मात्रै तयार भएको हो । उनले भनेका छन् ।
केपी ओलीको राष्ट्रियता प्रतिको अडान र लगाव आफुलाई असाध्यै मन परेको भन्दै मल्लले समकालिन नेताहरुमा ओली जत्तिको राष्ट्रवादी नेता अरु नभएको जिकिर गरेका छन् । ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला नाकाबन्दीको डटेर सामना गरेको स्मरण गराउँदै मल्लले त्यत्ति खेर अरु नेता हरु कुन दुलोमा लुकेका थिए भनेर पनि प्रश्न गरेका छन् ।
मल्लले आक्रोस युक्त प्रश्न गरेका छन् केपी ओलीले नाकाबन्दीको विरोध गर्दा देउवा ,प्रचण्डहरु कुन दुलोमा लुकेर बसेका थिए ? उनले आफुले तत्कालिन अवस्थामा शेरबहादुर देउवालाई नाकाबन्दीको विरुद्ध बोल्नुस् भनेर निकै अनुरोध गर्दा पनि देउवा कानमा तेल हालेर बसेको आरोप उनले लगाएका छन् ।
ओलीले केहि समय अघि प्रधानमन्त्रीको हैसियतले दुई इण्डियन च्यानललाई दिएको अन्तवार्ता स्मरण गराउँदै मल्लले त्यो लेभलको सोच राख्ने र इण्डियनसँग कुरा गर्ने ओली इतिहासकै तेस्रो प्रधानमन्त्री भएको दाबी पनि उनले गरेका छन् । भिमसेन थापा देखी अहिले देउवा सम्म भएका जती पनी प्रधानमन्त्री छन् ती मध्ये जम्मा ३ जना प्रधानमन्त्रीले मात्रै इण्डियासँग सिधासिधा कुरा गर्ने गरेको दाबी मल्लले गरेका छन् ।
एक जना भिमसेन थापा , अर्को विपी कोइराला र केपी ओली मात्रै इण्डिासँग सिधा कुरा गर्ने हैसियतको प्रधानमन्त्री भएको दाबी पनि मल्लले गरेका छन् । इण्डियासँग च्यालेन्ज गरेकै कारण ओली विरुद्ध षड्यन्त्र भएको जिकिर पनि उनले गरेका छन् ।
समसामयिक विषयलाई केन्द्रमा राखेर नेपाली काग्रेस विपीका बरिष्ठ उपसभापती कर्ण मल्लसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्
संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...
थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !
थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...
काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा
काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...
उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन
जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...
‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...
एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...
एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...
सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य
सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...
‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘
नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...
मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा
पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...
‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...
‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...
‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...
अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...
‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...
सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...
‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...
‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...
समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम
राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...