Otv Nepal बुधबार, असोज १२ २०७९

एमालेले खोल्यो बाम गठबन्धनको ढोका, राजनितीले नयाँ कोर्ष लिने सम्भावना !

  • OTV Nepal

    शनिबार, साउन २८ २०७९
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमाललाई एक्लो बनाएर ८ दलीय गठबन्धनको तयारी भइरहेका बेला कुनै पनि बेला राजनितिले नयाँ कोर्ष लिने सम्भावना देखिएको छ ।

    नेकपा एमालेको एउटा पंक्ति बाम गठबन्धनको पक्षमा निरन्तर लागिरहेको थियो । एमाले अध्यक्ष केपी ओली यथाअवस्थामा बाम गठबन्धनको सम्भावना नभएको भन्दै अलीक कठोर मत राख्दै आएका थिए पछिल्लो समय ओली बाम गठबन्धनका लागी नरम बन्दै गएको बताइएको छ ।

    ओलीनै बाम गठबन्धनको लागी तयार भए पछि राजिनितीले नयाँ कोर्ष लिन सक्ने चर्चा पनि चलेको छ । केहि दिन अघि मात्रै बसेको एमालेको सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीले बाम गठबन्धनका लागी चलक भएको अभिव्यक्ति दिएका थिए । ओलीको संकेत पछि बाम गठबन्धनको पक्षमा रहेका कार्यकर्ताहरुमा खुशियाली देखिएको छ।

    ओलीले पार्टीले वामगठबन्धनका लागि ढोका खुला राखेर अघि बढ्ने संकेत गरेका छन् । ४ मंसिरको आमनिर्वाचनको तयारीसँगै प्रारम्भिक रणनीति तय गर्न बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले अहिलेको गठबन्धन भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वामगठबन्धनको ढोका भने खुलै राखेर अघि बढ्ने चुनावी रणनीतिको संकेत गरेका हुन् । ओली पाँचदलीय सत्तागठबन्धनप्रति आक्रामक छन् ।

    अहिल्यै एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय नगर्ने, तर सम्भावित विकल्पलाई खुला राख्ने ओलीको भनाइ छ । ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘गठबन्धन सिद्धान्तनिष्ठ र उद्देश्यमूलक हुनुपर्छ । सिद्धान्तविहीन, पहिचानविहीन ढंगले र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न सक्दैन र परिणाममुखी पनि हुँदैन, एमाले जहिले पनि सिद्धान्त, नीति र उद्देश्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्छ ।’

    बम
    उनको पछिल्लो अभिव्यक्तिलाई सचिवालयका अधिकांश नेताले एमालेको नेतृत्वमा बन्न सक्ने वामगठबन्धनप्रति ओली बिस्तारै नरम बन्दै गएको अथ्र्याएका छन् । तर, ओलीले वाम पार्टीमध्ये कुन दलसँग वा मधेस आधारित पार्टीमध्ये कुन दलसँग गठबन्धन हुन सक्छ भनेर प्रस्ट बैठकमा राखेनन् । बैठकमा ओलीले ‘एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न पनि सक्छ, एक्लै लड्नुपर्ने पनि हुन सक्छ ।

    सिट बाँडफाँटसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँट अभिन्न रूपले जोडिएकाले अहिलेको सत्तागठबन्धन कुनै पनि वेला भत्किन वा तोडिन सक्ने एमालेको आकलन छ । सत्तारूढभित्र पनि विशेषतः कांग्रेस र माओवादी केन्द्रले बढी सिटका लागि दाउपेच गर्दा एकीकृत समाजवादीसहितका अरू दल उपेक्षामा पर्न सक्ने भएकाले वैकल्पिक गठबन्धन वा तालमेलका लागि एमालेले पनि आन्तरिक रूपमा प्रयत्न गर्नुपर्ने मत बलियो बन्दै गएको छ ।

    पछिल्लो त्यही मनोविज्ञान सम्बोधन गर्ने गरी ओलीले पार्टीको नेतृत्वमा बन्न सक्ने अर्को सम्भावित गठबन्धनप्रति नरम अभिव्यक्ति दिएको एक सचिवालय सदस्यले बताए । ‘पार्टी अध्यक्षले धेरै लामो त बोल्नुभएन, तर केही नयाँ र सांकेतिक रूपमा महत्वपूर्ण कुरा गर्नुभयो,’ ती नेताले भने, ‘उहाँका अभिव्यक्तिको सार एमालेले पनि गठबन्धन गर्ने हो कि क्या हो । तोड्ने भनेरै त नजाऊँ, तर सकिन्छ भने त गरौँ न भन्ने नरम कुरा नै थियो ।’

    ओली प्रत्यक्षमा सम्पर्कमा नरहे पनि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, पार्वत गुरुङ, महेश बस्नेतलगायतका दोस्रो तहका कतिपय नेता माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतासँग मात्र होइन, मधेसकेन्द्रित दलका नेतासँग पनि सम्पर्कमा छन् ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेता पनि एमाले नेतासँग अनौपचारिक संवादमै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पाँचदलीय गठबन्धनबीच तालमेल गर्ने निर्णयमा सहभागी भइसकेका छन् । तर, ती दुवै दलमा केही नेता भने वामठबन्धनको पक्षमा उभिएका छन् ।

    पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परिरहेका वेला महन्थ ठाकुर नेतृत्वको लोसपा, डा। बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसहित थप तीन पार्टीलाई पनि त्यहीँभित्र अडिन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ ।

    एमालेले आफ्नै बलमा आमनिर्वाचन लड्ने, तर सत्तारूढ गठबन्धन छाडेर आएको अवस्थामा राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरण, सामाजिक आर्थिक रूपान्तरणसहित समाजवादको आधार निर्माण, मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको रक्षालगायतका एजेन्डा मिल्ने कुनै पनि दलसँग सहकार्य वा तालमेल गरेर जान भने तयार रहेको बताउँदै आएको छ । उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने बैठकमा गठबन्धनका विषयमा चर्चा र छलफल नै नभएको बताए ।

    ‘बैठकले चुनावी तयारीका लागि निर्वाचन परिचालन कमिटी र निर्वाचनको घोषणापत्रको तयारीका लागि मस्यौदा समिति बनाएको छ,’ गुरुङले भने, ‘यो बैठकमा गठबन्धनका बारेमा चर्चा वा छलफल केही पनि भएन ।’

    बैठकमा जिल्ला र प्रदेशले पठाएको एक सय ६५ ओटा निर्वाचन क्षेत्रको शक्तिसन्तुलनसम्बन्धी विश्लेषण समेटिएको प्रतिवेदनको गहिरोसँग अध्ययन गरेर कमजोरी सच्याउने गरी चुनावी तयारी अगाडि बढाउनुपर्ने ओलीले भनाइ राखेका थिए । ०७४ को चुनावी परिणाम, पछिल्लो स्थानीय चुनावमा पाएको मत, विभाजनको असरसहित समेटिएको प्रतिवेदन जिल्ला र प्रदेशहरूले केन्द्रीय कार्यालयमा पठाएका छन् ।

    ओलीले तिनै प्रतिवेदनमा आधारित भएर कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा के कमजोरी छ, त्यहाँ के गर्ने र कसरी कमजोरी सच्याएर अघि बढ्ने भन्ने गरी रणनीति बनाएर एकताबद्ध भएर पार्टी चुनावमा होमिनुपर्ने बताएका थिए ।

    बैठकले एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसहितलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । जसअनुसार अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा माओवादीका पूर्व केन्द्रीय सदस्य दाङका जीवन गौतम र माओवादीकै पूर्वपोलिब्युरो सदस्य स्याङ्जाका धर्मदत्त देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

    त्यस्तै, जसपाबाट प्रवेश गरेका कपिलवस्तुका ब्रजेशकुमार गुप्ता, कांग्रेसबाट प्रवेश गरेका महासमिति सदस्य झापाका अमृत राजवंशी पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् भने कांग्रेसकै महासमिति सदस्य बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत भएका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend