Otv Nepal बुधबार, असोज १२ २०७९

झापाबाट चुनाव लड्न डराए विश्वप्रकाश शर्मा , अबको प्रतिष्पर्धा काठमाडौँ ५मा इश्वर पोखरेलसँग !

  • OTV Nepal

    शनिबार, साउन २८ २०७९
  • नेपाली काग्रेसको १४ औँ महाधिवेशमा लोकप्रिप मत सहित महामन्त्री बन्न सफल भएका विश्वप्रकाश शर्मा संसदीय राजनितीमा भने अभागी साबित हुँदै आएका छन् । अहिले सम्म पनि चुनाव जितेर संसद भवन छिर्ने सौभाग्य उनले प्राप्त गरेका छैनन् ।

    काग्रेसकै अर्का महामन्त्री गगन थापा चौथो पटक सांसदका रुपमा फेरी संसद भवन छिर्ने तयारी गरिरहँदा उनी भन्दा सिनियर विश्वप्रकाश भने पहिलो पटक कसरी संसद छिर्ने भन्ने दाउमै निर्वाचन क्षेत्र खोजिरहेका छन् । झापाबाट चुनाव लड्दै र हार्दै आएका उनी यस पटक भने झापा १ बाट चुनाव लड्नै डराएका छन् ।

    अघिल्लो पटको निर्वाचनमा बाम गठबन्धनका उमेदवार राम कार्कीसँग पराजित भएका शर्माका लागी यस पटका तुलनात्मक रुपमा बाहिरबाट हेर्दा सहज अवस्था देखिए पनि आन्तरिक किचलो र टकरावका कारण फेरी पनी पराजय बेहोर्नु पर्ने विश्लेषण शर्माको कोर टिमले गरेको बताइएको छ ।

    झापा १ बाट कृष्णप्रसाद सिटौला समूहको चरम असहयोग हुने पक्कापक्की देखे पछि निर्वाचन क्षेत्रै परिवर्तन गरेर काठमाडौँ ५ बाट निर्वाचन लड्ने तयारी शर्माले थालेको बताइएको छ । भित्री मनमा झापा बाटै चुनाव लड्न मन भए पनि सिटौला समूहले फेरी चुनाव हराउँने देखे पछि झापा छोड्ने विकल्प पनि उनले खोज्न थालेको खबर छ ।

    काठमाडौं(५ बाट २०७४ मा कांग्रेसका प्रकाशशरण महत उम्मेदवार बनेका थिए। महतलाई हराएर नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जिते।
    यही क्षेत्रमा शर्मा उठ्ने तयारीमा छन्। महामन्त्री शर्मा २०७४ मा झापा क्षेत्र नम्बर १ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए।

    कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए।त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए।

    शर्मानिकट ती नेताका अनुसार शर्मा मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा झापा १ मै लड्न चाहन्छन्। तर त्यहाँ उनलाई सजिलो अवस्था छैन।‘उहाँको पहिलो प्राथमिकता झापा-१ बाटै चुनाव लडेर जितेर आउनेमै हुन्छ। तर त्यहाँ उहाँलाई रोक्न खोजियो भने काठमाडौं-५ बाट पनि लड्न सक्नुहुन्छ,’ शर्मानिकट नेताले भने, ‘झापामा कांग्रेसभित्रै आन्तरिक एकता देखिएको छैन। यसले महामन्त्री शर्मालाई अप्ठेरो पार्न सक्छ।’

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीच झापामा लामो समयदेखि राजनीति सम्बन्ध सुमधुर छैन। एकले अर्को टिमलाई रोक्न खोज्ने स्रोतको दाबी छ।शर्मानिकट स्रोतका अनुसार सिटौला पक्षले शर्मालाई खुलेर सहयोग गर्ने अवस्था नदेखिएपछि शर्मा झापा-१ बाट यसपालि चुनाव लड्न हच्किएका छन्।

    गत स्थानीय चुनावमा पनि झापामा सिटौला र शर्मा समूहबीच सम्बन्ध राम्रो भएन। शर्माकै गृह नगर मेचीनगरको मेयरमा कांग्रेस उम्मेदवार पराजित भए।यहाँ टिकट वितरण नै विवादित बनेको थियो। शर्मानिकट इन्द्रबहादुर बुढाथोकी मेयर उठे पनि एमालेसँग पराजित भएका थिए। यहाँ प्रदेश नम्बर १ कांग्रेसले मेयरका लागि केशवराज पाण्डेलाई टिकट दिएको थियो। पाण्डे सिटौलानिकट हुन्। प्रदेश १ कांग्रेस सभापति पनि सिटौलानिकट उद्धव थापा छन्।

    स्थानीय चुनावमा शर्मा र सिटौला पक्षबीच शक्ति संघर्ष देखिएको थियो। सुरूमा सिटौलानिकट केशवराजले मेयर टिकट पाए। उक्त टिकट महामन्त्री शर्माले खोसेर उनीनिकट इन्द्रबहादुरलाई दिलाएको आरोप छ।

    यसपालि सत्ता गठबन्धनका ५ दलभित्र चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ। उक्त सहमतिअनुसार सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको छ। जसको संयोजकमा सिटौला छन्।

    शर्मानिकट ती नेताका अनुसार सिटौला सिट बाँडफाँट कार्यदलमा रहेकोले शर्मालाई प्रत्यक्षतर्फ टिकट नदिन उनले लबिङ गर्न सक्छन् वा त्यो क्षेत्र माओवादीलाई छाडिदिन सहमत हुन सक्छन्।

    कांग्रेस संसदीय बोर्डले टिकट बाँड्छ र उक्त बोर्डमा महामन्त्री शर्मा पनि हुन्छन्। शर्मालाई पार्टीभित्रबाट नै हराउन खोज्ने स्थिति देखा परे उनले यसपालि क्षेत्र परिवर्तन गर्दै काठमाडौं-५ बाट उठ्न सक्छन्।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend