Otv Nepal बुधबार, असोज १२ २०७९

नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !

  • OTV Nepal

    आइतबार, साउन २९ २०७९
  • प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् ।

    राष्ट्रपतीले कुनै पनि हालतमा यस्तो विवादास्पद विद्ययेकलाई प्रमाणिकण गर्न हुँदैन भन्दै नागरिकता सम्बन्धी जानकारहरुले राष्ट्रपती विद्यादेवी भणडारीसँग भेटेर विशेष अनुरोध गर्दै आएका छन् । सम्पुर्ण कुराहरुको अध्ययन पश्चात विद्ययेक प्रमाणिकरण नगरि फिर्ता पठाउँने अन्तीम तयारीमा राष्ट्रपती कार्यालय रहेको बताइएको छ ।

    संसदबाट पारित भएर विद्ययेक शितल निवास पुगेको १३ दिन भइसकेकोे छ । संविधानले दिएको सिमा अनुसार १५ दिन भित्रमा राष्ट्रपतीले निर्णय लिइसक्नु पर्ने छ। आज सम्म पनि विद्ययेक प्रमाणिकरण नभए पछि अब प्रमाणिकरण नहुने सम्भावनानै बढेको बताइएको छ ।

    राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरणन नगरे पछि शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले शितल निवासमै पुगरे राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । अब दुई दिन भित्रमा निर्णय गरिसक्नु पर्ने संवैधानिक सिमा राष्ट्रपतीलाई रहेको छ । राष्ट्रपती निवास स्रोतले ओटिभी नेपाल डटकमलाई दिएको जानकारी अनुसार यसबारेमा राष्ट्रपतीले आजैै उचित निर्णय लिने तयारी छ ।

    करिव दुई साता राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक संसदमा फिर्ता गर्न आग्रह गर्दै थुप्रै समूह शीतल निवास पुगेको छ । कतिपयले स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्ना धारणा राखेका छन् भने कतिपयले कार्यालयमा आफ्नो ध्यानाकर्षण पत्र छाडेका छन् ।

    विधेयकको विरोध गर्नेहरुसँग निरन्तर भेट्नु र संविधानले तोकेको १५ दिने समयसीमा नजिक पुग्दासम्म प्रमाणीकरण नगर्नुले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्न खोजेको त होइन भन्ने प्रश्न उठेको थियो ।

    विधेयक फिर्ता गर्नुपर्छ भनेर राष्ट्रपति भण्डारीलाई भेट्नेमध्येका एक वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीका अनुसार भेटका क्रममा उठाएको विषयलाई उनले गम्भीर रुपमा सुनेकी थिइन् । नागरिकता समस्या आजको मात्र नभई २००९ सालदेखिकै भएको भन्दै उनले यसलाई समग्र रुपमा सम्बोधन गर्नुपर्ने धारणा राखेकी थिइन् । तर संविधानले आफ्नो सीमा तोकिदिएको र त्यसअनुसार गर्ने निर्णय लिने बताएकी थिइन् ।

    वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘उहाँले फिर्ता गर्छु गर्दिन केही भन्नुभएन । तर एक चोटी पुनर्विचार गर्न संसदमा फिर्ता पठाउनुपर्छ कि भन्ने मेरो अनुमान छ ३ असोज २०७२ मा नयाँ संविधान जारी भएपछि विद्यमान नागरिकता ऐनलाई संविधान अनुकुल बनाउन नागरिकता ऐन–२०६३ मा संशोधन गर्नैपर्ने थियो । तर संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पास गरेको यो विधेयकको विषयवस्तु र पास गर्दा अपनाइएको प्रक्रिया दुबैमा प्रश्न उठेको छ ।

    यो विधेयकले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गरेपछि नागरिकता पाउने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । लामो समयदेखि नै नेपालमा यही अभ्यास भइआएको छ ।

    तर यो पटक नागरिकता ऐन संशोधन गर्ने क्रममा राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्र दिने व्यवस्था गर्ने निर्णय ग¥यो ।केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मा ल्याएको नागरिकता विधेयकमाथि लामो समय छलफल गरेको राज्य व्यवस्था समितिले ७ असार २०७७ मा बहुमतबाट ७ वर्षे प्रावधान राख्ने निर्णय गरेको थियो ।

    नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुको फरक मतका बाबजुद तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को जोडबलमा समितिले नेपाली नागरिकसँग विवाह गरेपछि परिचयपत्र दिने र ७ वर्षपछि वैवाहिक अगीकृत नागरिकता दिने निर्णय गरेको थियो । तर समितिको प्रतिवेदन ओली सरकारले नै अघि बढाएन ।

    लामो समय संसदमा अड्किएको यो विधेयक देउवा सरकारले २१ असार २०७९ मा फिर्ता लियो । र, २४ असारमा नयाँ विधेयक संसदमा दर्ता गरायो, जसमा वैवाहिक अंगीकृत नागरिकताबारे विद्यमान कानुनलाई नै निरन्तरता दिइयो ।

    नेकपा एमालेले सार्वजनिक मञ्चहरुमा यसको चर्को विरोध गरेपनि संसदीय प्रक्रियामा भने ठूलो अवरोध गरेन । संसदीय समितिमा नपठाई सिधै पास गर्ने सरकारको चाहनामा एमालेको मौन सहमति देखेपछि प्रतिनिधिसभाले सामान्य छलफल गराएर विधेयक पास ग¥यो । राष्ट्रियसभाले पनि छिट्टै पास गरेपछि सभामुखले नागरिकता विधेयक प्रमाणित गरेर राष्ट्रपति कहाँ पठाएका थिए ।

    तर विधेयक प्रमाणीकरण वा फिर्ता गर्ने १५ दिनको समय दुई दिनमात्र बाँकी छँदा पनि कुनै निर्णय भएको छैन । राष्ट्रपति भण्डारीले शनिबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर छलफल गरेकी थिइन् । कानुनमन्त्री र महान्यायाधिवक्ता राष्ट्रपतिको पनि सल्लाहकार हुने भएकाले नियमित भेट भएको बन्दीले बताए । तर नागरिकता विधेयकबारे छलफल भए नभएको खुलाएन चाहेनन् ।

    संविधाको धारा ११३ मा राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेसम्बन्धी व्यवस्था छ । यसअनुसार आफूकहाँ आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । संविधानको धारा ११३ (२) मा भनिएको छ, संघीय संसदबाट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ ।

    तर, अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा यही १५ दिनभित्र फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११३ को उपधारा (३) अनुसार नागरिकता विधेयक पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा सन्देशसहित विधेयक उत्पत्ति भएको सदन (प्रतिनिधिसभा) मा फिर्ता पठाउनुपर्नेछ ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend