Otv Nepal बुधबार, असोज १२ २०७९

शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !

  • OTV Nepal

    आइतबार, साउन २९ २०७९
  • सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा पनि गठबन्धन गरेरै जाने घोषणा गरेका छन् तर व्यवहारिक रुपमा भने सोचे जती सजिलो देखिएको छैन ।

    सैद्धान्तिक रुपले दलहरुले गठबन्धन गरेरै जाने र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक्लाउने रणनिती लिएका छन् तर व्यवहारिक रुपमा उनीहरुलाई भागबण्डा मिलाउँन कठिन त हुनेनै छ । एउटै पार्टी भित्र त कुरा मिल्न नसक्नेदलरुले ८ वटा पार्टीको ८ थरिका मान्छेका विचमा कुरा मिल्नु अर्को पेचिलो बिषय बन्न सक्ने देखिएको छ ।

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेसले स्पष्ट रुपमा केन्द्रिय कार्यसमितिको बैठकबाट निर्वाचनमा गठबन्धन त गर्ने तर काग्रेसको एकल बहुमत आउँने गरि मात्रै गठबन्धन गर्ने निर्णय गरेको छ । काग्रेसले स्पष्ट रुपमै आगामी निर्वाचन पछि काग्रेसकै नेतृत्वमा पाँच बर्ष स्थिर सरकार चलाउँने ग्यारेन्टी खोजेको छ ।

    काग्रेसको निर्णयबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड , नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नमज्जासँग झस्किएका छन् । चुनावको मिति घोषणा भए पछि गबठबन्धनमा आवद्ध दलहरुले सैद्धान्तीक सहमती गर्दै चुनावमा गठबन्धन गर्ने निर्णय त गरेका छन् तर व्यवहारिक रुपमा हिसाब मिलाउँन उनीहरुलाई निकै कष्ट देखिएको छ ।

    गठबन्धन गर्ने भनेर निर्णय गरे पनि अझै पनि गठबन्धन विचैमा टुक्रिने सम्भावनाको चर्चा पनि बेजोड रुपले चलेको छ । कथम गठबन्धन बनिहालेछ भने पनि गठबन्धनमै आवद्ध दलहरुका विचमा ठूलो चिरा पर्ने सम्भावनाको विश्लेषण पनि सुरु भएको छ । गठबन्धनमा उमेदवार बन्न नपाउँनेहरुले सम्बन्धीत पार्टीबाट विद्रोह गरेर एमालेसँग एलाइन्स गर्न सक्ने चर्चा पनि चल्न थालेको छ ।

    गठबन्धनका कारण नेपाली काग्रेसमा तनाव देखिने अवस्थाको चर्चा सुरु भएको छ । काग्रेस भित्रको शेखर कोइराला पक्षले काग्रेसको एकल बहुमत आउँने सर्तमा मात्रै गठबन्धनका लागी सहमती जनाएको छ तर त्यहि सहमतीमा टेकेर पार्टी सभापती शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग जस्तो सुकै लचक सम्झौता गर्न सक्ने सम्भावना कोइराला पक्षले नजिक बाट देखिरहेको विश्लेषण गरिरहेको छ ।

    अहिले गठबन्धनमा लचक भएको शेखर कोइराला पक्ष कुनै पनी बेला भाँडिन सक्ने विश्लेषण राजनितिक विश्लेषकहरुले गरेका छन् । देउवाले प्रचण्डसँग गठबन्धन गरेर शेखर कोइराला पक्षलाई निर्वाचनमा पेल्न सक्ने देखिन्छ । यस्तो अवस्थामा कोइराला पक्षले कित देउवासँग आत्मसमर्पण गर्ने या विद्रोह गर्ने अवस्था आउँन सक्ने चर्चा राजनितिक वृतमा चलेको छ ।

    देउवासँग शेखर कोइराला पक्ष आत्मसमर्पण गरेर गएमा एउटा कुरा भयो आफ्नो स्वाभिमानको खोजी गरेमा चुनाव अघिनै काग्रेस विभाजनको तह सम्मै पुग्न सक्ने चर्चा पनि चलेको छ । शेरबहादुर देउवाले कोइराला पक्षलाई पेल्ने र आफ्नालाई मात्रै टिकट दिने सम्भावना पक्का जस्तै भएकाले त्यस्तो अवस्थामा कोइराला पक्षले कस्तो निर्णय लिन्छ यसले आगामी चुनाव र आगामी पाँच बर्षको राजिनितीक कोर्षलाईनै तय गर्ने छ ।

    काग्रेसको कोइराला पक्ष आजभोली सार्वजनिक रुपमा कम बोलिरहेको छ तर भित्र भित्रै आन्तरिक तयारी भने तिब्र रुपमा गरिरहेको बताइएको छ । देउवाले धेरैनै पेलेमा ४० प्रतिशतको हिस्सा लिएर एमालेसँग तालमेल गरेर जाने सम्मको तयारीमा कोइराला पक्ष रहेको स्रोतको दाबी छ ।

    सुरुमा सम्माजनक हेसियतका लागी काग्रेस भित्रै संघर्ष गर्ने र देउवाले धेरैनै पेलेर जान खोजेमा विद्रोहमै जानु पर्ने मत कोइरालाको कोर टिममा उठेको छ । शेरबहादुर देउवा सैद्धान्तिक ,वैचारिक रुपमा पनी धेरैनै विचलित देखिएको भन्दै काग्रेसकोे विचार बचाउँन पनी एक पटक देउवासँग लड्नै पर्ने सुझाव कोर टिमका सदस्यहरुले शेखर कोइरालालाई दिएका छन् ।

    देउवासँग शेखर कोइराला पक्ष सबैभन्दा धेरै झस्किनुको कारण भनेको आगामी निर्वाचन पछि देउवाले आफ्नी श्रीमती आरजु राणालाई प्रधानमन्त्री बनाउँने तयारी गुर्न पनी भएको बताइएको छ । देउवाले गम्भिर रुपमै आरजुलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेको सूचना शेखर कोइराला क्याम्पमा पुगेको छ ।

    आरजुलाई प्रधानमन्त्री बनाउँने गरि अघि बढेका देउवाले संसदीय दलमा बहुमत ल्याउँनका लागी आफुले जे भन्यो त्यहि मान्ने व्यक्तिहरुलाई टिकट दिएर ल्याउँने अवस्था कोइराला पक्षले नजिकबाट देखेको छ । प्रत्यक्षमा पनि र समानुपातिकमा पनि आफ्नो मान्छेहरुलाई निकट दिएर देउवाले जे भन्यो त्यहि मान्ने जमात संसदीय दलमा बनाउँने सुचना कोइराला समूहले पाएको छ ।

    देउवाले आरजुलाई प्रधानमन्त्री बनाउँने फाइनल गरेका दिन नेपाली काग्रेस विभाजन हुने चर्चा राजनितीक वृतमा चलेको छ । चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले पनि त्यहि मत राखेका छन् । ओटिभी नेपाल डटकमसँगको कुराकानीमा डा केसीले आरजु प्रधानमन्त्री बन्ने भए काग्रेस विभाजन हुने ठोकुवा गरे ।

    राजनितिक विश्लेषक पुरञ्जन आचार्यले पनि शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प रहेको बताएका छन् । कित शेरबहादुर देउवाको दासत्व स्विकार गरेर बस्ने कित विद्रोह गर्ने विकल्प मात्रै बाँकि रहेको बताएका छन् । ओटिभी नेपाल डटकमसँगको विशेष कुराकानीमा आचार्यले काग्रेस विभाजनको तहसम्मै जान सक्ने दाबी गरेका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend