Otv Nepal बुधबार, असोज १२ २०७९

नागरिकता विद्ययेक पनि परमादेशबाट प्रमाणिकरण गराउने दाउमा देउवा- प्रचण्ड !

  • OTV Nepal

    मंगलबार, भाद्र २८ २०७९
  • दोस्रो पटक प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरे पछि अब घटनाक्रम कसरी अघि बढ्छ भन्ने आम चासो र जिज्ञासा सर्वत्र देखिएको छ ।

    नागरिकता विद्ययेक दोस्रो पटक शितल निवास पुगेको पनि धेरै दिन भैसकेको छ तर पनि राष्ट्रपतिले प्रमाणिकरण गरेकी छैनन् । बरु राष्ट्रपति भण्डारीले यस सन्दर्भमा परामर्श व्यापक बनाएकी छन् । राष्ट्रपतिको मुड र मुभ हेर्दा नागरिकता विद्ययेक प्रमाणिकरण नगर्ने सम्भावना बढ्दै गएको छ ।

    राष्ट्रपतिले नागरिकता विद्ययेक प्रमाणिकरण नगर्ने भेउ पाए पछि सबैभन्दा तनाव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई देखिएको छ । उनले मुखै खोलेर पटक पटक भन्न थालेका छन् । प्रचण्डले अहिले विद्ययेक प्रमाणिकरण नगरे अदालत जाने देखी राष्ट्रपतिले राजिनामा दिनु पर्ने सम्मको कुरा गर्न थालेका छन् ।

    अदालत कसरी चलिरहेको छ भन्ने कुरा निलम्बीत प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले महाअभियोग छानबिन संसदीय समितीमा खुलस्त पारिरहेका बेला प्रचण्डले अदालतको कुरा झिक्नुलाई विभिन्न कोणबाट चर्चा र विश्लेषण सुरु भएको छ । देउवलाई परमादेशबाट प्रधानमन्त्री बनाए जस्तै नागरिकता विद्ययेक पनि परमादेशबाटै प्रमाणिकरण गराउने दाउमा गठबन्धन रहेको बताइएको छ ।

    नागरिकता विधेयकमा राष्ट्रपति र आफूबीच समान धारणा रहेको भनेका प्रचण्ड एक साताभित्रै किन फेरिए ?यो प्रश्न एकातिर उठेको छ भने अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनका लागि तत्कालै अर्को विधेयक ल्याए सरकारलाई सघाउने भने लगत्तै प्रचण्डले अदालत र राष्ट्रपतिको राजीनामाको विषय उठाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

    संसद्ले पहिलो पटक पारित गरेर पठाएको नागरिकता विधेयक स्वीकृत गर्नुभन्दा राष्ट्रपतिले राजीनामा दिने चर्चा हुँदा त्यस बेला माओवादी पंक्ति उत्साहित भएको थियो । राष्ट्रपतिले राजीनामा दिने कुरा सत्ता गठबन्धनमै चर्चा भएर बाहिरिएको थियो । त्यसै बेला राष्ट्रपतिको निजी निवास रंगरोगन समेत हुनुले त्यसलाई थप बल पुगेको थियो ।

    राष्ट्रपतिले संसद‍्मा फिर्ता पठाएको विधेयक पुनः पारित गरेर पठाइएको सोमवार एक साता पुग्दैछ । असोज ४ गतेसम्म राष्ट्रपतिले सो विधेयक जारी गर्नुपर्ने संवैधानिक बाध्यता छ । जारी नगर्ने हो भने के हुन्छ भन्ने संविधानले बोल्दैन । तर, राष्ट्रपतिबाट फेरि फिर्ता पठाउने संवैधानिक व्यवस्थासमेत नरहेकाले जारी नगर्नु भनेको संविधानको बर्खिलाप हुनेछ ।

    यो बुझेरै प्रचण्डले राष्ट्रपतिबाट नागरिकता विधेयक जारी नभए राजीनामा वा अदालतको प्रसंग ल्याएका हुन् । गठबन्धनसँग संविधान उल्लंघनको आरोपमा महाअभियोग लगाउने विकल्प पनि थियो । तर, संसद असोज १ बाट नरहने भएकाले महाअभियोगको सम्भावना समाप्त भइसकेको छ ।

    राष्ट्रपतिको सम्भावित कदमबारे बुझेरै प्रचण्ड शीतल निवासबाट फर्किएपछि बालुवाटारमै कानूमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रपतिले नागरिकता विधेयक जारी नगर्दा र राजीनामा पनि नगर्दाको अवस्थामा के गर्ने भन्ने विषयमै शीर्ष नेताहरूले परामर्श गरेका छन् । त्यसकै आधारमा प्रचण्डले अदालत जाने बताएका छन् ।

    स्रोतका अनुसार बालुवाटारबाटै राष्ट्रपतिविरुद्ध अर्को परमादेश माग्न अदालत जाँदा के हुन्छ भन्ने सन्दर्भमा कामु प्रधान न्यायाधीश दीपक कार्की र अर्का न्यायाधीश प्रकाशमान सिंह राउतसँग पनि कुराकानी भएको छ । कार्की असोज १६ मा अवकाश हुने र अहिले इजलासमा बस्न नमिलेका कारण कांग्रेस राजनीतिमा न्यायाधीश बनेका राउतमार्फत सेटिङ मिलाउन खोजिएको आशंका पनि छ ।

    राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै उपराष्ट्रपतिबाट विधेयक जारी गर्ने परमादेश माग्न गठबन्धन जाने सम्भावना बढेको छ । राष्ट्रपतिविरुद्ध सभामुख नै अदालत गइसकेको नजिर बसिसकेका कारण गठबन्धन सरकारको तर्फबाट महान्यायाधिवक्ता आफैँ रिट बोकेर अदालत जान सक्ने आँकलन समेत गरिएको छ ।

    स्रोतले भन्यो, ‘असोज ४ गतेसम्म राष्ट्रपतिबाट विधेयकलाई कानूनको मान्यता नदिइए संविधान उल्लंघन हुन्छ । संविधानको संरक्षकबाटै संविधान उल्लंघन भयो भने सरकार जाने भनेको अदालतमै हो । यसअघि असार २८ को परमादेशमै राष्ट्रपतिका संवैधानिक सीमाहरू तोकिएको छ । अब अर्को परमादेशमार्फत राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले उपराष्ट्रपतिबाट सो काम गर्नू गराउनू भन्ने फैसला हुनसक्छ ।’

    अहिले अदालत गठबन्धनको लागि कम्फरटेबल भएकाले पनि राष्ट्रपतिबाट राजीनामा नआएको अवस्थामा परमादेश लिने सहज बाटो खोजिएको हो । तर, यसबीचमा राष्ट्रपतिबाट सर्वोच्च अदालतसँग राय लिने संवैधानिक व्यवस्था नभए पनि सोही प्रकृतिको रिट दर्ता भयो भने परिस्थिति अर्को दिशामा जान सक्छ ।

    राष्ट्रपतिले अदालतबाट संवैधानिक व्याख्या मगाउने सिधा संवैधानिक बाटो नरहे पनि घुमाउरो बाटो प्रयोग गर्न सकिने सुझाव पनि कतिपयले दिएका छन् । नागरिकता विधेयकका सन्दर्भमा मुलुक विभाजित छ र बहुसंख्या यो विधेयक राष्ट्रपतिबाट जारी नहोस् भन्नेमा देखिन्छ । त्यसैले पनि यस पटक राष्ट्रपतिले लिने कदमले बहुसंख्यक जनताको भावनाको कदर गर्ने भएकाले पनि सरकार सजग छ ।

    राष्ट्रपतिले विधेयक केही पनि नगरी थन्क्याएर राखेको अवस्थामा के गर्ने रु यसबारे पनि सरकार छलफलमा छ र सम्भवतः त्यसकोविरुद्ध पनि सरकार अदालत जान सक्छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend